Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगालागी

खबरडबली संवाददाता

स्याङ्जा । वालिङबाट बिरामी लिएर पोखरा जादै गरेको एम्बुलेन्समा शुक्रवार राती आगालागी भएको छ । सिद्धार्थ राजमार्गको वालिङ—पुतलीबजार सडकखण्ड अन्तर्गत पुतलीबजार– ११ करेनडाँडामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको हो ।

गह्रौ प्राथामिक स्वास्थ्य केन्द्रको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक तार सर्ट भएर आगो लोगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बिरामी लिएर हिँडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको थियो । एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली सहित पुतलीबजार नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । 

दमकल सहितको प्रहरी टोलीले आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रानाले बताए । आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सडकको खाल्डाखुल्डी कै कारण एम्बुलेन्सको तार सर्ट भएर आगो लागेको चालकले बताएका छन् । एम्बुलेन्स ९ बर्ष अगाडी गह्रौ प्रथामिक स्वास्थ्य केन्द्रले खरिद गरेर संचालन गर्दै आएको थियो ।

आगालागीबाट क्षती भएको एम्बुलेन्स राजमार्गमै रहेको छ । एम्बुलेन्स सडकबाट उठाउन प्रहरीले अनुमति दिएपनि बिमा कम्पनीका इन्जिनियर आइतबार मात्रै आउने भएकाले एकदिन एम्बुलेन्स सडकमै रहने गह्रौ प्राथामिक स्वास्थ्यका सूचना अधिकारी उदयबहादुर पौड्यालले बताए । आगालागीबाट एम्बुलेन्समा रहेका सबै सामाग्री नष्ट भएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending