भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन ।
गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिए पनि चालक फरार भएको थियो ।
बुधवार नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)बसन्त बहादुर कुँवरको भ्रमणको बेला पनि लुम्बिनी रोड अन्तर्गतकै वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा आयो । लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवललाई नियन्त्रणमा लिइयो । चामल लोड गरेको बताउने चालकले सामान चेक जाँच गर्दा नेपाली बोरामा चिनी रहेको थियो ।
यस्तै आज पनि विहान २१० बोरा चिनी अवैध चिनी ट्रक सहित बरामद भएको छ । अहिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे रुपन्देहीमा छन । विहानको २ बजेको समयमा विशेष सूचनाको आधारमा भन्सार प्रमुख सहितको गस्ती टोलीले लुम्बिनी सास्कृतिक नगरपालिका १० मधुवनीबाट सो सामान बरामद भएको हो । बरामद सामान लैजादै गरेको अवस्थामा लुम्बिनी रोड अन्तगर्त पर्ने सो क्षेत्रबाट सशस्त्र प्रहरी बल डण्डाको सुरक्षामा नियन्त्रणमा लिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार लु २ ख ५३०५ नम्बरको ट्रकबाट नेपाली बोरामा लोड गरिएको अवस्थामा ७ लाख ८७ हजार ५ सय मुल्य बराबरको चिनी र ट्रक को १६ लाख मुल्याङकन गरि २३ लाख ८७ हजार ५ सयर मुल्य बराबरको सामान नियन्त्रणमा लिएको बताए ।
एक साता भित्रै बरामद भएको तिनवटै ट्रक सहितको चिनी उही प्रकृतिको ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको छ । ट्रकको क्षमता १० टन भएकोले २१० बोरा चिनी लोड भएकै अवस्थामा बरामद भएका छन । स्रोतका अनुसार सिमा क्षेत्रबाट चिनी मोटरसाइकलमा ल्याई डम्पिङ गरि बाहिरी जिल्लामा पठाइने गर्न्छि । यस अघि बरामद चिनी पनि पोखरा लैजाने क्रममा नियन्त्रणमा लिइएको थियो ।
यसरी भिआइपी मुभमेन्ट भएकै बेला सुरक्षा निकायको ध्यान एकातर्फ हुदा तस्करहरुले मौकाको फाइदा उठाउदै आएको त हैनन् ? कि यो संयोग हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: