भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन ।
गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिए पनि चालक फरार भएको थियो ।
बुधवार नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)बसन्त बहादुर कुँवरको भ्रमणको बेला पनि लुम्बिनी रोड अन्तर्गतकै वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा आयो । लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवललाई नियन्त्रणमा लिइयो । चामल लोड गरेको बताउने चालकले सामान चेक जाँच गर्दा नेपाली बोरामा चिनी रहेको थियो ।
यस्तै आज पनि विहान २१० बोरा चिनी अवैध चिनी ट्रक सहित बरामद भएको छ । अहिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे रुपन्देहीमा छन । विहानको २ बजेको समयमा विशेष सूचनाको आधारमा भन्सार प्रमुख सहितको गस्ती टोलीले लुम्बिनी सास्कृतिक नगरपालिका १० मधुवनीबाट सो सामान बरामद भएको हो । बरामद सामान लैजादै गरेको अवस्थामा लुम्बिनी रोड अन्तगर्त पर्ने सो क्षेत्रबाट सशस्त्र प्रहरी बल डण्डाको सुरक्षामा नियन्त्रणमा लिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार लु २ ख ५३०५ नम्बरको ट्रकबाट नेपाली बोरामा लोड गरिएको अवस्थामा ७ लाख ८७ हजार ५ सय मुल्य बराबरको चिनी र ट्रक को १६ लाख मुल्याङकन गरि २३ लाख ८७ हजार ५ सयर मुल्य बराबरको सामान नियन्त्रणमा लिएको बताए ।
एक साता भित्रै बरामद भएको तिनवटै ट्रक सहितको चिनी उही प्रकृतिको ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको छ । ट्रकको क्षमता १० टन भएकोले २१० बोरा चिनी लोड भएकै अवस्थामा बरामद भएका छन । स्रोतका अनुसार सिमा क्षेत्रबाट चिनी मोटरसाइकलमा ल्याई डम्पिङ गरि बाहिरी जिल्लामा पठाइने गर्न्छि । यस अघि बरामद चिनी पनि पोखरा लैजाने क्रममा नियन्त्रणमा लिइएको थियो ।
यसरी भिआइपी मुभमेन्ट भएकै बेला सुरक्षा निकायको ध्यान एकातर्फ हुदा तस्करहरुले मौकाको फाइदा उठाउदै आएको त हैनन् ? कि यो संयोग हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: