काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम २० दिनयता रोकिएको छ । मेसिनमा समस्या आएपछि याँ कार्ड छपाइ कार्य ठप्प भएको हो ।
यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो । तर, प्रिन्टरको पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा २० दिन यता लाइसेन्स छपाइ रोकिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
“सिस्टममा पर्सनलाइजेसनका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले एउटा समय राखिदिएको हुन्छ । समय सकिएपछि उता कम्पनीबाट यो मेसिनबाट अर्डर आउनु पर्ने हुन्छ । त्यही नआएकाले समस्या देखियो,” उनले भने । उनका अनुसार तीन लाख प्रति छपाइ भएपछि यस्तो समस्या आएको हो ।
गत जेठमा पनि पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा केही समय छपाइ रोकिएको थियो ।विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट छपाइ मेसिन ल्याएको हो । मेसिनले कार्ड रिड (चिन्न)गर्न नसक्ने समस्या पटकपटक दोहोरिएको पनेरुले बताए ।
नियमित छपाइ बन्द भए पनि विभागले वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने नागरिकका लागि अत्यावश्यक लाइसेन्स छापिरहेको छ । नयाँ कार्ड मसिनले चिन्न नसकेपछि पुरानो मेसिनबाट अत्यावश्यक लाइसेन्सको छपाइ भइरहेको प्रवक्ता पनेरुले बताए ।
उनका अनुसार पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको छ । लाइसेन्स नवीकरण, हराएका र नयाँ गरी हाल दैनिक चार हजार कार्डको माग छ । प्रिन्ट गर्ने मेसिनमै समस्या आएपछि सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: