Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कांग्रेसमा किचलो हुँदा लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ

खबरडबली संवाददाता

बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएअनुसार नेपाली कांग्रेसको भागमा परेको एक मन्त्रालय र सरकारलाई विश्वासको मत दिएका साना दलहरूलाई २ बटा मन्त्रालय दिने योजना अनुसार छलफल भएपनि अझैसम्म निष्कर्ष निस्कन नसकेको हो । 
 
विशेषगरी कांग्रेसले एक मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यस्तै जसपा ९अशोक राई०पक्ष, लोसपा र नागरिक उन्मुक्ति पार्टीमध्येबाट सरकारमा सहभागी गराउने विषयमा छलफल चलेपनि अझैसम्म निर्णयमा पुग्न नसकिएको प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल गरेका छौँ  । तर कताकता के मिलिरहेको छैन ।’
 
हाल रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हाल्दै आएका छन् । रिक्त रहेका मन्त्रालयहरूमा आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।  

सुरुमा साउन ९ गते नेपाली कांग्रेसबाट ५ जना मन्त्रीको शपथ ग्रहण गराउने तयारी थियो। तर, कांग्रेसबाट बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने र धनेन्द्र कार्की गरी चार जना मन्त्री भए। तर, त्यो बेला मन्त्री बन्ने लाइनमा रहेको जन्मजय तिम्सेनाको शपथ अन्तिम समयमा पार्टीको आन्तरिक किचलोले गर्दा रोकियो।    

त्यसपछि असन्तुष्ट बन्दै उनले नेपाली कांग्रेसको प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन्। तर उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन । 

यता साना दलका लागि २ वटा मन्त्रालय छुट्याए पनि सरकारलाई विश्वासको मत दिएकामध्ये ३ दल सरकारमा जान इच्छुक छन् । जसपा र नागरिक उन्मुक्तिबाहेक लोसपाले पनि सरकारमा जान इच्छा देखाउँदा निष्कर्ष निस्कन नसकेको मन्त्री पन्थीले बताए । 

कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले कांग्रेसले थप एक जना मन्त्रीको नाम छिट्टै दिने बताए। कुन मन्त्रालय पार्टीले पाउँछ यही अनुसारको योग्य सांसदलाई मन्त्री बन्नको सिफारिस गर्ने उनको भनाइ छ । 

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले नियुक्त हुँदा काँग्रेस र एमालेका गरी ५६ जनाले हस्ताक्षर बुझाएका थिए भने भदौ ४ गते कांग्रेस एमाले सहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, स्वतन्त्र सांसद खड्क बस्नेतसमेत गरी ७० जनाले विश्वासको मत दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending