बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएअनुसार नेपाली कांग्रेसको भागमा परेको एक मन्त्रालय र सरकारलाई विश्वासको मत दिएका साना दलहरूलाई २ बटा मन्त्रालय दिने योजना अनुसार छलफल भएपनि अझैसम्म निष्कर्ष निस्कन नसकेको हो ।
विशेषगरी कांग्रेसले एक मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यस्तै जसपा ९अशोक राई०पक्ष, लोसपा र नागरिक उन्मुक्ति पार्टीमध्येबाट सरकारमा सहभागी गराउने विषयमा छलफल चलेपनि अझैसम्म निर्णयमा पुग्न नसकिएको प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल गरेका छौँ । तर कताकता के मिलिरहेको छैन ।’
हाल रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हाल्दै आएका छन् । रिक्त रहेका मन्त्रालयहरूमा आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।
सुरुमा साउन ९ गते नेपाली कांग्रेसबाट ५ जना मन्त्रीको शपथ ग्रहण गराउने तयारी थियो। तर, कांग्रेसबाट बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने र धनेन्द्र कार्की गरी चार जना मन्त्री भए। तर, त्यो बेला मन्त्री बन्ने लाइनमा रहेको जन्मजय तिम्सेनाको शपथ अन्तिम समयमा पार्टीको आन्तरिक किचलोले गर्दा रोकियो।
त्यसपछि असन्तुष्ट बन्दै उनले नेपाली कांग्रेसको प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन्। तर उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन ।
यता साना दलका लागि २ वटा मन्त्रालय छुट्याए पनि सरकारलाई विश्वासको मत दिएकामध्ये ३ दल सरकारमा जान इच्छुक छन् । जसपा र नागरिक उन्मुक्तिबाहेक लोसपाले पनि सरकारमा जान इच्छा देखाउँदा निष्कर्ष निस्कन नसकेको मन्त्री पन्थीले बताए ।
कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले कांग्रेसले थप एक जना मन्त्रीको नाम छिट्टै दिने बताए। कुन मन्त्रालय पार्टीले पाउँछ यही अनुसारको योग्य सांसदलाई मन्त्री बन्नको सिफारिस गर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले नियुक्त हुँदा काँग्रेस र एमालेका गरी ५६ जनाले हस्ताक्षर बुझाएका थिए भने भदौ ४ गते कांग्रेस एमाले सहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, स्वतन्त्र सांसद खड्क बस्नेतसमेत गरी ७० जनाले विश्वासको मत दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: