Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सुत्केरी भत्ता बुझ्नै सकस नारायणी अस्पतालमा

खबरडबली संवाददाता

वीरगन्ज । बुधबार दिउँसो नारायणी अस्पताल परिसरमा भेटिएका महेश पासवानले अन्नपूर्णकर्मीसँग भने,‘१ हजार भत्ता लिन २ हजार खर्च कस्ले गर्छ ? उहि बेला पाइँदैन भन्दिएको भए अहिले म किन आउँथे र ? आजै किराया भाडामा ५ सय खर्च भइ हाल्यो । अब फेरि असोजमा आउनु भनेका छन् । फेरि ५ सय खर्च हुन्छ । दुई दिनको मजदुरी १ हजार हुन्छ । अनि १ हजार भत्ता लिनका लागि २ हजार खर्च कस्ले गर्छ र ? 

आमा सुरक्षा कार्यक्रमअन्तर्गतको यातायात खर्च बापत सरकारबाट पाइने १ हजार रुपैयाँ भत्ता लिन बुधबार अस्पतालमा पुग्दा कर्मचारीले असोजको भाका सारेपछि निरास हुँदै घर फर्किए ।  १५ दिन पहिले नारायणी अस्पतालमा उनको छोरीको जन्म भएको थियो।

आमा सुरक्षा कार्यक्रमअन्तर्गतको यातायात खर्च बापत सुत्केरी महिलाले पाउने भत्ता रकम वितरण कार्य वीरगन्जको नारायणी अस्पतालमा साउन १ गतेदेखि रोकिँदा पासवानजस्तै १ हजार बढी सेवाग्राही मर्कामा  परेका छन् । 

अस्पतालमा जन्मिएका नवजात शीशु र सुत्केरी महिलाालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै अस्पतालले उपलब्ध गराउनुपर्ने उक्त भत्ता रकम नारायणी अस्पतालले साउन १ गतेदेखि वितरण गरेको छैन । जसका कारण साउन १ गतेदेखि भदौ ११ गतेसम्म उक्त सुविधाबाट १ हजार ४८ सुत्केरी बञ्चित भएका छन् । 

साउन २७ गते शीशु र आमालाई डिस्चार्ज गर्ने बेला अस्पतालका कमर्मचारीले चालू आर्थिक वर्षका लागि अस्पतालको खाता नखुलेकाले भदौ १० गते यातायात खर्च बापतको भत्ता रकम लिन आउनु भनेर पठाएका थिए । त्यहीअनुसार बुधबार अस्पतालमा आउँदा फेरि कर्मचारीले त्यहि जवाफ फर्काएर अब असोजमा आउन भनेपछि उक्त रकमका लागि अब फेरि अस्पताल नआउने बरु भत्ता नै नचाहिने भन्दै आक्रोश पोख्दै पासवान घर फर्किए ।

उनले भने,‘यसरी बारबार झुलाउने नै भए सरकारले दिने नियम नै नबनाएको भए हुन्थ्यो । जेतनाके मुर्गी ना ओतनाके मसाला (जति मूल्यको कुखुरा छैन त्यो भन्दा बढी त मरमसलामै लाग्ने )।

पासवानको उक्त गुनासो लिएर पुग्दा अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गत असार २४ मा बन्द गरेको अस्पतालको खाता हाल सम् मपनि नखोलिदिएका कारण यस्तो समस्या भएको बताए । 

सुत्केरीलाई अअस्पतालबाट  डिस्चार्ज गर्ने बेलामै उक्त  भत्ता रकम दिनुपर्ने निर्देशीकामा उल्लेख भएपनि अस्पतालको खाता नखुलेका कारण सााउन १ गतेदेखि उक्त रकम वितरण गर्न नसकिएको उनले बताए । चालु आर्थिक वर्षका लागि साउन दोस्रो या तेस्रो हप्तामै खाता पुन खोल्नुपर्ने भएपनि कोलेनिकाले त्यसमा ढिलाई गरेका कारण आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापतको रकम वितरण गर्न नसकिएको हकले बताए । 

उनले भने,‘ अब यो समस्या छिट्टै समाधान हुन्छ । यदि कोलेनिकाले १/२ दिनमा पनि खाता खोलेन भनेपनि अस्पताल प्रशासनले अन्य कतैबाट रकमको जोहो गरेर उक्त सुविधा उपलब्ध गराउँछ ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE