वीरगन्ज । बुधबार दिउँसो नारायणी अस्पताल परिसरमा भेटिएका महेश पासवानले अन्नपूर्णकर्मीसँग भने,‘१ हजार भत्ता लिन २ हजार खर्च कस्ले गर्छ ? उहि बेला पाइँदैन भन्दिएको भए अहिले म किन आउँथे र ? आजै किराया भाडामा ५ सय खर्च भइ हाल्यो । अब फेरि असोजमा आउनु भनेका छन् । फेरि ५ सय खर्च हुन्छ । दुई दिनको मजदुरी १ हजार हुन्छ । अनि १ हजार भत्ता लिनका लागि २ हजार खर्च कस्ले गर्छ र ?
आमा सुरक्षा कार्यक्रमअन्तर्गतको यातायात खर्च बापत सरकारबाट पाइने १ हजार रुपैयाँ भत्ता लिन बुधबार अस्पतालमा पुग्दा कर्मचारीले असोजको भाका सारेपछि निरास हुँदै घर फर्किए । १५ दिन पहिले नारायणी अस्पतालमा उनको छोरीको जन्म भएको थियो।
आमा सुरक्षा कार्यक्रमअन्तर्गतको यातायात खर्च बापत सुत्केरी महिलाले पाउने भत्ता रकम वितरण कार्य वीरगन्जको नारायणी अस्पतालमा साउन १ गतेदेखि रोकिँदा पासवानजस्तै १ हजार बढी सेवाग्राही मर्कामा परेका छन् ।
अस्पतालमा जन्मिएका नवजात शीशु र सुत्केरी महिलाालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेलामै अस्पतालले उपलब्ध गराउनुपर्ने उक्त भत्ता रकम नारायणी अस्पतालले साउन १ गतेदेखि वितरण गरेको छैन । जसका कारण साउन १ गतेदेखि भदौ ११ गतेसम्म उक्त सुविधाबाट १ हजार ४८ सुत्केरी बञ्चित भएका छन् ।
साउन २७ गते शीशु र आमालाई डिस्चार्ज गर्ने बेला अस्पतालका कमर्मचारीले चालू आर्थिक वर्षका लागि अस्पतालको खाता नखुलेकाले भदौ १० गते यातायात खर्च बापतको भत्ता रकम लिन आउनु भनेर पठाएका थिए । त्यहीअनुसार बुधबार अस्पतालमा आउँदा फेरि कर्मचारीले त्यहि जवाफ फर्काएर अब असोजमा आउन भनेपछि उक्त रकमका लागि अब फेरि अस्पताल नआउने बरु भत्ता नै नचाहिने भन्दै आक्रोश पोख्दै पासवान घर फर्किए ।
उनले भने,‘यसरी बारबार झुलाउने नै भए सरकारले दिने नियम नै नबनाएको भए हुन्थ्यो । जेतनाके मुर्गी ना ओतनाके मसाला (जति मूल्यको कुखुरा छैन त्यो भन्दा बढी त मरमसलामै लाग्ने )।
पासवानको उक्त गुनासो लिएर पुग्दा अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गत असार २४ मा बन्द गरेको अस्पतालको खाता हाल सम् मपनि नखोलिदिएका कारण यस्तो समस्या भएको बताए ।
सुत्केरीलाई अअस्पतालबाट डिस्चार्ज गर्ने बेलामै उक्त भत्ता रकम दिनुपर्ने निर्देशीकामा उल्लेख भएपनि अस्पतालको खाता नखुलेका कारण सााउन १ गतेदेखि उक्त रकम वितरण गर्न नसकिएको उनले बताए । चालु आर्थिक वर्षका लागि साउन दोस्रो या तेस्रो हप्तामै खाता पुन खोल्नुपर्ने भएपनि कोलेनिकाले त्यसमा ढिलाई गरेका कारण आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च बापतको रकम वितरण गर्न नसकिएको हकले बताए ।
उनले भने,‘ अब यो समस्या छिट्टै समाधान हुन्छ । यदि कोलेनिकाले १/२ दिनमा पनि खाता खोलेन भनेपनि अस्पताल प्रशासनले अन्य कतैबाट रकमको जोहो गरेर उक्त सुविधा उपलब्ध गराउँछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: