Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

मेरै नेतृत्वमा प्रकाशलाई चुमभ्यालीबाट स–सम्मान बिदाई गरिन्छः चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा

खबरडबली संवाददाता

काठमाडौं । विद्या चापागाईंको युट्यूव सिरज ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ का पात्र प्रकाश तामाङ ‘काले’ यतिखेर चर्चामा छन् । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङको पुनस्स्थापनाका लागि विभिन्न शुभेच्छुकदेखि सरकारसम्मले पहल थालिसकेका छन् ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए । त्यसलगत्तै बालुवाटारबाट उनलाई फोन गयो ।

प्रधानमन्त्रीले पुनस् आज प्रकाशलाई नागरिकताका लागि सहजीकरण गर्न गृहसचिव एकनारायण अर्याललाई बोलाएर निर्देशन दिइसकेको बताएका छन् ।  गृहसचिव अर्याललाई निर्देशन दिँदै गरेको फोटो राखेर ओलीले लेखेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिनभित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने ओलीको भनाइ छ ।

दशैंमा फेरि फर्किने वाचासहित काले तामाङ पोहोरको दशैंपछि चुमभ्याली साहूकोमै फर्किएका छन् । चुमनुव्री गाउँपालिका–७ छेकम्पारमा रहेका उनी आर्थिक सहयोग जुट्ने र नागरिकता पनि बन्ने अवस्था आएपछि भोजपुर नै फर्किने सोच बनाएको बताउँछन् । प्रकाशले एउटा घर र अलिकति जग्गाजमिन भएमा खेती गरेर जीविका चलाउने इच्छा व्यक्त गरे ।

प्रकाशले ३४ वर्ष बिताएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले आफूले भिडिओ हेरेपछि प्रकाशको बारे विस्तृत कुरा थाहा पाएको बताए ।  ‘उनी बसेको ठाउँ गाउँपालिकाको केन्द्रबाट २ दिन टाढा हो । सम्झिएर ल्याउँदा केही वर्षअघि मसँग पनि भेट भएको रछ । तर, उनको भित्री कथा थाहा थिएन । स्थाानीय सरकार प्रमुखको हिसाबले म उनलाई हाम्रो पालिकाबाट र साहूबाट समेत स-सम्मान खादा लगाएर भोजपुर पठाउन आजबाटै काम थाल्छु’, अध्यक्ष लामाले भने ।

वडाध्यक्ष र प्रकाशका साहूसँग कुरा गरेर अहिलेसम्मको श्रम नमर्ने गरी न्यायोचित ज्याला दिलाइने साथै गाउँपालिकाले पनि सहयोग गर्ने उनले सुनाए ।

अध्यक्ष लामाको भनाइ जस्ताको तस्तैः

भिडिओ दोहोर्‍याएररतेहेर्‍याएर हेरेँ । प्रकाशको कथाले सार्है भावुक भएँ । विश्वकै दुर्लभ लाग्यो । प्रधानमन्त्रीज्यूले पनि भेट्न चाहनुभएको रहेछ । उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । चुमनुव्री गाउँपालिकाको एउटा अभिभावकको नाताले प्रकाश मोक्तान बसिरहनुभएको छेकम्पारका वडाध्यक्षसँग समन्वय गरेर उनलाई आफ्नो घर फर्काउन विशेष पहल गराउँछौं । प्रकाश त्यहाँ बसेको ३४ वर्ष भइसकेको रहेछ । उनको पारिश्रमिको लागि टसी लामा र दाइसँग समन्वय गरेर पहल गर्नेछु ।

भर्खरै प्रकाशसँग फोनमा कुरा पनि गरेँ । प्रकाशलाई पनि भनिसकेँ । तपाईँलाई घर फर्काउने, प्रधानमन्त्रीज्यूलाई भेटाउने प्रतिवद्धता गर्छु । प्रधानमन्त्रीज्यूले नेपाल सरकारबाट उहाँलाई गाँसबासको लागि थप सहयोग गर्न आग्रह गर्छु । हामी चुमनुव्री गाउँपालिका, छेकम्पारबाट उहाँलाई स(सम्मानरूपमा एउटा परिवारबाटै छुटेजसरी बिदाईमा कुनै कसर बाँकी राखिने छैन । यसमा स्वयं म नेतृत्व लिन्छु । प्रकाशले वास्तवमा आफ्नो दाजुभाइ(आमा बाबुलाई भेटिरहँदाको भिडिओ अझै झलझली आइरहेको छ ।

उहाँको सहयोगलाई लिएर धेरै साथीहरूको प्रतिक्रिया आएको छ । म सम्मान गर्छु । आवेगमा पनि कुराहरू आएको छ । सबैलाई संयमरूपमा प्रतिक्रिया दिन हुन अनुरोध गर्दछु । म स्वयं गाउँपालिका अध्यक्षको हिसाबले प्रकाशको अभिभावकीय भूमिका निर्वाह गरेर उहाँलाई पठाउँछु । सबै पाहुनालाई सम्मान गरेर पठाउने चुमभ्यालीको विशेषता उदाहरणीय छ । मेरो उहाँसँग कुरा भएको छ । लामो समयसम्म उहाँले बसेर गर्नुभएको श्रमको पारिश्रमिक दिलाएर भोजपुरमा साथीहरूसँग समन्वय गरेर परिवारमा पुनस्स्थापना गर्छौं । प्रकाशको बुवालाई म के भन्छु भनेँ, तपाईँका छोरालाई तपाईँ भए ठाउँमा ल्याउने प्रतिवद्धता जनाउँछु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending