Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मेरै नेतृत्वमा प्रकाशलाई चुमभ्यालीबाट स–सम्मान बिदाई गरिन्छः चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा

खबरडबली संवाददाता

काठमाडौं । विद्या चापागाईंको युट्यूव सिरज ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ का पात्र प्रकाश तामाङ ‘काले’ यतिखेर चर्चामा छन् । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङको पुनस्स्थापनाका लागि विभिन्न शुभेच्छुकदेखि सरकारसम्मले पहल थालिसकेका छन् ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए । त्यसलगत्तै बालुवाटारबाट उनलाई फोन गयो ।

प्रधानमन्त्रीले पुनस् आज प्रकाशलाई नागरिकताका लागि सहजीकरण गर्न गृहसचिव एकनारायण अर्याललाई बोलाएर निर्देशन दिइसकेको बताएका छन् ।  गृहसचिव अर्याललाई निर्देशन दिँदै गरेको फोटो राखेर ओलीले लेखेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिनभित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने ओलीको भनाइ छ ।

दशैंमा फेरि फर्किने वाचासहित काले तामाङ पोहोरको दशैंपछि चुमभ्याली साहूकोमै फर्किएका छन् । चुमनुव्री गाउँपालिका–७ छेकम्पारमा रहेका उनी आर्थिक सहयोग जुट्ने र नागरिकता पनि बन्ने अवस्था आएपछि भोजपुर नै फर्किने सोच बनाएको बताउँछन् । प्रकाशले एउटा घर र अलिकति जग्गाजमिन भएमा खेती गरेर जीविका चलाउने इच्छा व्यक्त गरे ।

प्रकाशले ३४ वर्ष बिताएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले आफूले भिडिओ हेरेपछि प्रकाशको बारे विस्तृत कुरा थाहा पाएको बताए ।  ‘उनी बसेको ठाउँ गाउँपालिकाको केन्द्रबाट २ दिन टाढा हो । सम्झिएर ल्याउँदा केही वर्षअघि मसँग पनि भेट भएको रछ । तर, उनको भित्री कथा थाहा थिएन । स्थाानीय सरकार प्रमुखको हिसाबले म उनलाई हाम्रो पालिकाबाट र साहूबाट समेत स-सम्मान खादा लगाएर भोजपुर पठाउन आजबाटै काम थाल्छु’, अध्यक्ष लामाले भने ।

वडाध्यक्ष र प्रकाशका साहूसँग कुरा गरेर अहिलेसम्मको श्रम नमर्ने गरी न्यायोचित ज्याला दिलाइने साथै गाउँपालिकाले पनि सहयोग गर्ने उनले सुनाए ।

अध्यक्ष लामाको भनाइ जस्ताको तस्तैः

भिडिओ दोहोर्‍याएररतेहेर्‍याएर हेरेँ । प्रकाशको कथाले सार्है भावुक भएँ । विश्वकै दुर्लभ लाग्यो । प्रधानमन्त्रीज्यूले पनि भेट्न चाहनुभएको रहेछ । उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । चुमनुव्री गाउँपालिकाको एउटा अभिभावकको नाताले प्रकाश मोक्तान बसिरहनुभएको छेकम्पारका वडाध्यक्षसँग समन्वय गरेर उनलाई आफ्नो घर फर्काउन विशेष पहल गराउँछौं । प्रकाश त्यहाँ बसेको ३४ वर्ष भइसकेको रहेछ । उनको पारिश्रमिको लागि टसी लामा र दाइसँग समन्वय गरेर पहल गर्नेछु ।

भर्खरै प्रकाशसँग फोनमा कुरा पनि गरेँ । प्रकाशलाई पनि भनिसकेँ । तपाईँलाई घर फर्काउने, प्रधानमन्त्रीज्यूलाई भेटाउने प्रतिवद्धता गर्छु । प्रधानमन्त्रीज्यूले नेपाल सरकारबाट उहाँलाई गाँसबासको लागि थप सहयोग गर्न आग्रह गर्छु । हामी चुमनुव्री गाउँपालिका, छेकम्पारबाट उहाँलाई स(सम्मानरूपमा एउटा परिवारबाटै छुटेजसरी बिदाईमा कुनै कसर बाँकी राखिने छैन । यसमा स्वयं म नेतृत्व लिन्छु । प्रकाशले वास्तवमा आफ्नो दाजुभाइ(आमा बाबुलाई भेटिरहँदाको भिडिओ अझै झलझली आइरहेको छ ।

उहाँको सहयोगलाई लिएर धेरै साथीहरूको प्रतिक्रिया आएको छ । म सम्मान गर्छु । आवेगमा पनि कुराहरू आएको छ । सबैलाई संयमरूपमा प्रतिक्रिया दिन हुन अनुरोध गर्दछु । म स्वयं गाउँपालिका अध्यक्षको हिसाबले प्रकाशको अभिभावकीय भूमिका निर्वाह गरेर उहाँलाई पठाउँछु । सबै पाहुनालाई सम्मान गरेर पठाउने चुमभ्यालीको विशेषता उदाहरणीय छ । मेरो उहाँसँग कुरा भएको छ । लामो समयसम्म उहाँले बसेर गर्नुभएको श्रमको पारिश्रमिक दिलाएर भोजपुरमा साथीहरूसँग समन्वय गरेर परिवारमा पुनस्स्थापना गर्छौं । प्रकाशको बुवालाई म के भन्छु भनेँ, तपाईँका छोरालाई तपाईँ भए ठाउँमा ल्याउने प्रतिवद्धता जनाउँछु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending