Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विश्वभरका नेपाली स्वास्थ्यविज्ञको दक्षता देशमा भित्र्याउन नेपाल हेल्थ समिट गर्दै स्वास्थ्य मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि निटक भविष्यमा समेत नीति निर्माण तथा योजना र आवश्यक कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रलायले लिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मङ्गलबार यससम्बन्धी निर्णय गरेका हुन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख छ । 

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । ‘समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,’ उनले भने । 

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा। प्रकाश थपलियाको संयोजकत्वमा ८  सदस्यीय कार्यदल गठनसमेत गरेको छ । कार्यदलमा स्वास्थ्य विज्ञ डा। शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा। जनक कोइराला तथा धुलिखेल अस्पतालका डा। विराज कर्माचार्यलाई सदस्य छन् । 

यसैगरी, विज्ञहरू डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा। भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई आमन्त्रित् सदस्य तोकिएको छ । कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending