काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ।
ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ।
मानव तस्करको प्रलोभनमा लाखौँ रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन्। ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरूले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरूको सङ्ख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ।
ब्राजिलले राहदानीवाहकलाई प्रवेश आज्ञा लिएको भए मात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दूतावासले उल्लेख गरेको छ। ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ। सोही परिवर्तित कानुनका कारण यस पटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन्। तस्करको प्रलोभनमा अमेरिका छिर्ने क्रममा ब्राजिल पुगेका उनीहरूलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: