Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बाँसबारी जग्गा प्रकरणः सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिनाको अनुसन्धान

खबरडबली संवाददाता

काठमाडौं ।  सत्ता फेरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना मुद्दाको अनुसन्धान रोकेको छ । 

गृहमन्त्रीमा नेपाली कांग्रेसका नेता रमेश लेखक आएपछि सिआईबीले अघोषित रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उद्योगपति विनोद चौधरीको समेत संलग्नता रहेको सो मुद्दाको अनुसन्धान रोकेको स्रोतले बतायो ।

जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा सिआइबीले माघबाटै अनुसन्धान थालेको थियो । सिआईबीले सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरू हाजिरी जमानीमा छुटेका छन् । सिआइबीले उद्योगपति तथा सांसद चौधरीसँग पनि यो प्रकरणमा बयान लिएको थियो ।

छाला जुत्ता कम्पनीलाई सहयोग गर्ने नाममा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी ६ रोपनी जग्गा सस्तोमा खरिद गरेको थियो । पछि चार रोपनी जग्गा सेयर दिएर फुटवेयरले लिएर १० रोपनी जग्गा हत्याएपछि कम्पनी बन्द गरिएको थियो ।

जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा भए हाइप्रोफाइल जोडिएकाले मुद्दाबारे निर्णय गर्न विविध कारणले नसकिएको सिआइबीका एक अधिकृतले जानकारी दिए । जग्गा मालपोत कार्यालयले सरकारको नाममा ल्याइसके पनि चाँदबाग विद्यालय त्यही जग्गामै सञ्चालनमा रहेको छ ।

सीआईबीले उद्योगपति चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएर जिल्ला सकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको रोहवरमा बयान लिएको थियो । त्यसपछि चौधरी यो मुद्दा मिलाउन भारत, श्रीलंकादेखि सिंगापुरसम्म पनि पुगेका थिए ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । फुटवेयरमा बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थियो । फुटवेयरलाई जग्गा लिँदा मिलेमतो गरेर तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी सिआईबीका अधिकारीहरूले अनुसन्धान पश्चात गरिरहेका छन् ।

८३ रोपनी क्षेत्रफलमा २०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना कम्पनी निरन्तर घाटामा गएको देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी ९दुई पटक गरी० जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । च्याम्पियनले २५ लाख रुपैयाँ बराबर हुने गरी कम्पनीको २५ सय कित्ता सेयर बाँसबारीलाई दिएको थियो ।

बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सीआईबीको अनुसन्धानबाट पत्ता लगाएको छ । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीले अनुसन्धानबाट पत्ता लगाएको छ । बाँसबारीको २५ प्रतिशत सेयर लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो ।

च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेको थियो । यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ ।

अहिले कांग्रेस नेता लेखक गृहमन्त्री भएपछि चौधरीले अनेकन उपाय लगाएर अनुसन्धान रोक्न र मुद्दाबारे निर्णय नगर्न सिआईबीलाई दबाब दिएका निकटस्थ स्रोतहरू बताउँछन् । निकटस्थ स्रोतले सिआईबीका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई सरुवा गर्ने दबाब पनि चौधरीले गृहमन्त्री लेखकलाई दिएका थिए । अहिले सिआईबीचमा प्रमुख भएर दीपक थापा पुगेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending