काठमाडौं । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्वमा सहभागी हुन सोमबार टुँडिखेल पुगेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताविरुद्ध नाराबाजी भयो।
नाराबाजीका बीच पनि नेताहरूले सम्बोधन गरे ।कार्यक्रमको सुरुमै कांग्रेस सभापति देउवा प्रवेश गरेका थिए । उनी प्रवेश गर्दा युवाहरू त्यति उत्तेजित थिएनन् । ओलीको प्रवेशपछि भने युवाहरू नाराबाजीमै उत्रिएका थिए ।
आफूविरुद्ध नाराबाजी भएपछि ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।
नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो ।
तर, देउवा भने कड्कीएका थिए, आफू बोल्दा पनि युवाहरूले नाराबाजी गरेपछि लाज नभएकाहरु भन्दै आक्रोश पोखे।
देउवा झोक्किँदै भने, ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति कराउनुुहुन्छ, कराउनुस् । लाज पनि छैन ? कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति, चलन ? यही सिकेर आएको हो ? बदमासहरू ।’
तर, एमालेबाट राजनीतिक किनारामा पारिएका भीम रावल मञ्चमा प्रवेश गर्ने बेला उनीहरूले ‘वि वान्ट भीम रावल’ भन्दै नाराबाजी गरेका थिए । ओली कार्यक्रममा प्रवेश गर्दा विपक्षमा नाराबाजी गरेका युवाहरूले रावल प्रवेश गर्दा भने पक्षमा नारा लगाएका थिए ।
पूर्वउपप्रधानमन्त्री भीम रावल बोल्दा भने युवाहरूले हर्षित भएर सिटी बजाएका थिए । निरन्तर ‘भीम रावल हाई हाई’को नारा लगाएका थिए ।
युवाहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पक्षमा हुटिङ गर्दै ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: