Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बर्दिवास रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा करोडौ राजश्व छली

'रेल्वे स्टेशन र रेल्वे ट्र्याकहरुमा डरलाग्दो वेथिती छ'

खबरडबली संवाददाता

महोत्तरी । देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित वनेको छ । जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित बनेका हुन ।

८ बर्षदेखि मुआव्जामा नै रुमलिएर निर्माण प्रक्रियाको पारम्भिक चरणमा अगाडी बढेको वेला नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको बिषय सतहमा आएपछि अहिले नगर क्षेत्र चर्चाको विषय वनेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुपुलदेखि साँढे ३ सय मिटर दक्षिण रेल–वे पुलको छेउको स्टेशन र भब्सी पूल यता वनेको ट्रयाकमा करोडौ राजश्व छलीमा स्थानीय सरकार र समन्वय समितिको नै मिलोमतो रहेको आरोप लागेको छ ।

अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बज्र जेभी अमर, रेल्वे पुलमा कालिका र  स्टेशनमा डीएनएन जेभीले निर्माण प्रक्रिया अगाडी बढाएको छ ।

कसरी भैइरहेको छ राजश्व छली ?

नदीजन्य पदार्थको मुख्य स्रोत रातु नदी भएतापनी नगरले ठेक्का लगाएको चार वटा खण्डहरुमा मापदण्डविपरित उत्त्खनन भएको भन्दै  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर फाल्गुन २० मा नै उत्त्खनन रोकेको थियो ।

निर्माण प्रक्रियाको पारम्भिक चरणमा नै अदालतले रोकेपछि काम नै रोकिने आकलन गरिएतापनी त्यस्को ठिकविपरित भएको स्थानियहरु वताउछन । रेल्वे कम्पनीले दिएको जानकारीअनुसार भब्सी पुलदेखी स्टेसन नजिकको पुलसम्म ३ लाख ९३ हजार ३ सय घनमिटर परिपुर्ती भैइसकेको छ भने रेल्वे स्टेशनमा झण्डै ४ लाख घनमिटर परिपुर्ति भएको छ ।

स्टेशन देखि यता थोरै काम मात्र वाकी रहेको आयोजना प्रमुख किरन कार्कीले जानकारी दिए । यसैलाई आधार मान्दा पनि काम सकिन लागेको खण्डमा परिपुर्ती भएको ढुंगा, गिटि, वालुवाको स्रोतको विषयमा गम्भीर सवालहरु उठेका छन ।

अहिले परिपुर्ति भैइसकेको नदीजन्य पदार्थमा सरकारलाई तिर्नुपर्न न्युनतम राजश्व मात्र ७ करोड ६३ लाख २ सय रुपैया वुझाउनुपर्ने देखिन्छ तर सरोकारवाला निकायमा राजश्व नै जम्मा गरेको देखिएको छैन ।

काम भैइसकेको ठाउँमा मात्र  ९ लाख भन्दा बढी घनमिटर परिपुर्ती भैइसकेको निर्माण कम्पनीहरुले जनाएका छन ।

`अदालतले रोकेतापनी निर्माण प्रक्रिया भने रोकिएन । निर्माण व्यवसायीहरुले काँहावाट ल्याउनु भयो त्यो वँहाहरुको बिषय हो ।´ आयोजना प्रमुख कार्कीले भने । `बर्दिवास क्षेत्रमा स्थानियहरुको खेत, वारी खनेको सुनेका हौ त्यो त आईई गरेर राजश्व प्रक्रियामा आएका नै होलान ।´

नगर क्षेत्रमा मात्र एक दर्जन भन्दा बढी ब्यक्तीका जग्गाहरु खनिएका छन । तर नगरको राजश्व शाखामा बुझ्दा कसैलेपनी  राजश्व नबुझाएको जनाएको छ ।

`नगरमा ठेक्केदार कम्पनीले बुझाएको राजश्व बाहेक ब्यक्तीहरुले १ रुपैयाँ पनि राजश्व बुझाउनु भएको छैन ।´ नगर कि लेखा अधिकृत सर्मिला तामाङ्गले भनिन । `प्रक्रियामा आएर राजश्व बुझाएको देखिएको छैन । अब यो विषयमा  प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखलाई नै बढी थाहा होला ।´

क्रसर तथा वासिङ्ग व्यवसायी भन्छन : रेल्वे स्टेसन र रेल्वे ट्र्याकमा करोडौ राजश्व छली भएको छ । नगर क्षेत्रमा परिपुर्ति भएको नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको क्रसर व्यवसायीहरुले दावी गरेका छन । महोत्तरीमा अहिले ४१ वटा क्रसर उधोगहरु संचालनरत छन । मौज्दात माल समेत वेच्न नपाईरहेको अवस्थामा नगर क्षेत्रवाट नै आईरहेको लाखौ घनमिटर नदीजन्य पदार्थमा ठुलो गिरोहहरुको चलखेल रहेको उनिहरुले दावी गरेका छन ।

`बरु हाम्रो क्रसर समन्वय समितिले बन्द गरेको छ । तर आँखा नै अगाडि करोडौ राजश्व छली हुँदा पनि समन्वय समिती लगायत सरोकारवालाहरु चुईक्क बोल्दैनन ।´ व्यवसायी सन्तोष पौडेलले भने । `अदालतले खोला खन्न पाईदैन भनेको छ, क्रसरहरुसगँ भएको माल बेच्न पाईएको छैन अनि त्याहा परिपुर्ति भएको मालमा त देखादेख कमाउने धन्दा त मौलाईरहेको छ नी !´

क्रसर व्यवसायी माहासंघ महोत्तरीका अध्यक्ष हर्क लामाले पनि रेल्वे ट्र्याक र स्टेशनमा  १३ लाख घनमिटर तस्करी गरेर थुपारिएको दावी गरेका छन ।

अहिलेसम्म निर्माणाधिन क्षेत्रमा २४ करोड भन्दा बढी राजश्व छली भएको उन्को भनाई छ । `क्रसर व्यवसायीहरुको स्टक प्रमाणिकरण नगरेको भन्दै उधोग नै बन्द गरेको छ । अनि स्टेशन र ट्र्याकमा थुपारिएको नदीजन्य पदार्थको चै किन प्रमाणिकरण हुँदैन ?´ अध्यक्ष लामाले भने । `नगरपालिकाले अनुगमनमा चासो नदेखाएपछी समन्वय समितिले किन चासो देखाएन ? यस्मा समन्वय समितिदेखी अभियन्ता, पत्रकार, जनप्रतिनिधि, राजनितिकर्मी सवैको मिलोमतो छ ।´

अर्का व्यवसायी सन्तोष यादवले पनि उधोगहरुलाई धराशयी वनाएर ठूलो गिरोह राजश्व चलखेलमा लागेको वताए । रातु नदीको तस्करीदेखी वातावरण नै ध्वस्त वनाउने गरि वनाईएका ठुला-ठुला खाल्डाहरुले नगर क्षेत्रमा विकृती मचाएको वताउदै समन्वय समिती, नगरले चासो देखाउनुपर्ने उन्को भनाई छ ।

राजश्व चुहावट भएको छः समन्वय समिती सभापति

जिल्ला समन्वय समितीका संयोजक सुमनलाल कर्णले राजश्व चुहावट भएको पाईएको वताएका छन ।  वैधानिकरुपमा अदालतवाट रोकिएपछि नदीवाट तस्करी र व्यक्तिका जग्गाहरु खनेर राजश्व छली भएको वताएका छन ।

यस्को अनुसन्धानको लागि पारम्भिक प्रक्रिया अगाडि वढाईसकेको पनि संयोजक कर्णको भनाई छ । `हामीले रेल्वेलाई परिपुर्ति भएको नदीजन्य पदार्थको परिमाण र स्रोतको विषय उठाएर पत्र समेत पठाईसकेका छौ । कालिका र बजरगं जेभी अमरले परिणाम उपलब्ध गराएतापनी स्रोत देखाउन सकेको छैन ।´ उन्ले भने  । `स्रोत देखाउन नसक्नु नै राजश्व छली भएको हो भन्ने बुझ्नुपर्छ यदी वँहाहरुले चित्त वुझ्दो जवाफ दिन सक्नु भएन भने सम्बन्धित निकायसम्म जान बाध्य हुने छौ ।´ निर्माणस्थलमा थप निगरानी समेत बढाएको उनकाे  भनाई छ ।

रेल्वे स्टेशन र रेल्वे ट्र्याकहरुमा डरलाग्दो वेथिती छ : पुर्व रेल्वे माहाप्रबन्धक भट्टराई

पुर्व रेल्वे माहाप्रवन्धक गुरु भट्टराईले निर्माणाधिन बर्दिवास रेल्वे स्टेशनमा सरोकारवाला निकायको नै मिलोमतोमा लुट धन्दा चलिरहेको वताएका छन । अहिलेसम्म परिपुर्ति भएको नदीजन्य पदार्थ बर्दिवास क्षेत्रवाट नै उठेको दावी गर्दै स्थानिय सरकारले एक रुपैयाँ पनि राजश्व नउठाएको उन्को भनाई छ ।

भट्टराईले निर्माणाधिन रेल्वे स्टेशन र ट्र्याकमा भैइरहेको कामको गुणस्तरियतामाथी समेत प्रश्न उठाएका छन ।  `अहिले नगर क्षेत्रमा १४ लाख घनमिटर परिपुर्ति भैइसकेको बुझिएको छ । ढुंगा, गिटी, वालुवाको सट्टा स्थानियहरुको खेत खन्न लगाएर माटो भरिएको छ । कमप्याक्सन केही छैन, सुपरभिजन शून्य छ´ भट्टराईले भने । `यो सवै हुनमा नगरपालिका, स्थानिय प्रशासन, जिल्ला प्रशासन, समन्वय समिती मात्र हैन अख्तियारको समेत मिलोमतो देखिन्छ । यस्को जवाफदेही कोही देखिदैनन ।´

अदालतले आदेश जारी गरेपनी उत्त्खनन रोकिएको थिएनः निर्माण व्यवसायी 

रेल्वे पुल र भव्सी पुल देखि यता काम गरेका दुई वटा कम्पनीले बर्दिवास नगर क्षेत्रका केही क्रसर र कम्पनीहरुसगँ खरिद गरेको वताएका छन ।

भव्सी पुल देखि सडकको पुलसम्म बज्र गुरु जेभी अमरले गरेतापनी सडक पुलको काम गरिरहेको कालिका निर्माण कम्पनीले भने उपकन्ट्याक्टरलाई जिम्मा लगाएको थियो ।

कालिकाले जिम्मा दिएको प्रेमशक्ती सप्लार्यसले मात्र उक्त ठाउँमा काम गर्दा २८ हजार ४ सय नदीजन्य पदार्थ परिपुर्ति गरेको रेल्वेले जनाएको छ ।  अदालतले रोकेतापनी भ्याट विल लिएर नै नदीजन्य पदार्थ खरिद गरेको निर्माण कम्पनीहरुले दावी गरेका छन ।

`अब चोरेर ल्याए कि वैधानिकरुपमा ल्याए त्यो त हामिलाई थाहा छैन तर हामीले भ्याट विलसहित खरिद गरेका छौ ।´ बज्र गुरु जेभी अमरका संचालक उत्तम बस्नेतले भने । `मेयरसापको क्रसर पनि रहेछ हामीले केही माल वँहावाट र केही माल मेयर कै नजिकको आफ्न्तवाट खरिद गरेका हौ । वाकी केही माल धनुषावाट ल्याएका छौ ।´

तर नगर क्षेत्रमा चोरी, तस्करी भने हुने गरेको उन्को भनाई छ । व्यक्तिका जग्गामा गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ केही कम्पनीले परिपुर्ति गरिरहेको वताउदै संचालक बस्नेतले निर्माणस्थलमा आईपुग्दासम्म भ्याट विल काटेर नै लिने गरेको वताए ।

कालिका कन्स्ट्रक्सनका इन्जिनियर आकाश गुरुङले पनि नदीजन्य पदार्थ उपकन्ट्याक्टरले विधि, विधानअनुसार नै ल्याएको तर आन्तरिकरुपमा कसरी ल्यायो भन्ने विषयमा जानकारी नभएको वताए ।

नगर क्षेत्रमा अवैधानिक नदीजन्य पदार्थ ओसारपसार भएको छैनः नगरप्रमुख 

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा कुनै राजश्व छली नभएको जिकिर गरेका छन ।  अवैधानिक नदीजन्य पदार्थ ओसारपसार गर्नेहरुलाई निगरानीमा राखेर जरिवाना समेत गरेको वताउदै उपमेयरले अनुगमनमा कडाई गरिरहेको पनि उन्को भनाई छ ।

`उपमेयर फिल्डमा पुगेर अनुगमन गर्दा अवैधानिक देखियो भने हामिले प्रहरीलाई जिम्मा लगाएका छौ ।´ नगरप्रमुख क्षेत्रीले भने । `विधिसम्मत काम गर्नुपर्छ, कसैले पनि अवैधानिक गर्ने मेरो पालामा हिम्मत गरेको छैन, गर्दा पनि गर्दैन ।´

राजश्वको विषयमा आफू गम्भीर रहेको गलत गर्नेहरुलाई कानुनी दायरामा ल्याउने नगरप्रमुख क्षेत्रीको भनाई छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending