Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

जब ‘काले’ हराएको ३४ वर्षपछि घर फर्किए, बुबालाई नै चिनेनन्, आमा मरिसकेकी थिइन्

खबरडबली संवाददाता

काठमाडौं । ती दिनहरू सम्झिन पनि कठिन छ, जब एक सानो बालकको जिन्दगीले अचानक भिन्न मोड लियो । २०४७ साल अर्थात् ३४ वर्षअघि, काठमाडौंबाट हराएका ती १० वर्षीय बालकको जीवनले एक यस्तो मोड लियो, जुन उनले कल्पना समेत गर्न सकेनन् ।

त्यसबेला उनी डरले काँपिरहेका थिए । न उनलाई आफ्नो घरको ठेगाना याद थियो, न आमाबुबाको अनुहार । मात्र एउटा धुमिल सम्झना बाँकी थियो— बुबालाई ‘झाँक्री बा’ भनेर बोलाउँथे । झापा भन्ने ठाउँमा घर थियो भन्ने झिनो याद मात्रै थियो । आफूलाई काले भनेर बोलाउने गरेको मात्र थाहा थियो ।

उनी कसोगरी काठमाडौं जोरपाटी पुगेका रहेछन् । जोरपाटीबाट हराए । उनको यात्रा हिमाली भेगतिर मोडियो । काठमाडौंबाट धेरै टाढा पुगे, उनको घर झापाबाट त कता हो कता । अक्षर नचिनेको अबोध बालक ‘काले’ हिमालमा चौँरी चराउने ठाउँमा पुगे । कसैले त्यही काम लगाइदियो । तर घर ठेगाना सोधे, तर घर पठाइदिएन ।

भोटे गाउँमा भाषा नबुझ्दा आउने असहायता थियो नै । अन्ततः चौँरीको गोठालो बन्नुको विवशता— यी सबैले उनलाई समयको कठोरतासँगै परिपक्व बनायो । तर, उनी आफ्नो विगतलाई कहिल्यै बिर्सन सकेनन् ।

उनको जीवन सङ्घर्षपूर्ण थियो । हिमाली गाउँका कठोर मौसममा चौरीको गोठालो बनेर बिताएका ती दिनहरूमा, उनले आफ्नो परिवारलाई कहिल्यै भुल्न सकेनन् । उनी हराएको ३४ वर्षसम्म बिर्सन सकेनन् । ती स्मृतिहरूले उनलाई रातभर निद्रा लाग्न दिँदैनथे ।

‘काले’ नाबालक हुँदा हराएका उनलाई अहिले ‘प्रकाश’ नाम राखिएको थियो । धेरैजसोले ‘पका’ भन्थे । ‘के म कहिल्यै आफ्ना आमाबुबासँग भेट्न सक्छु ?’—यो प्रश्नले सधैँ उनलाई सताइरहन्थ्यो । ‘म घर जानसक्छु कि नाइँ, घरमा बुबा आमा छन् कि छैनन् ? दाजुभाइ दिदी बहिनी के गर्दै होलान् ?’ यस्तै कौतूहलले सताउँथ्यो ।

समय बित्दै गयो, र त्यो सानो बालक अब एक परिपक्व मानिस बने, उनको उमेर अब ४४ वर्ष नाघिसकेको छ । तर, मनको कुनै कुनामा एक धुमिल आशा ज्यूँदै थियो—आफ्नो विगतसँग पुनर्मिलनको ।

यो असम्भवलाई सम्भव बनायो सामाजिक सञ्जालमा चर्चामा रहेको कार्यक्रम विद्या चापागाईँको ‘हेर्ने कथा’ले । एक दिन ‘हेर्ने कथा’को टिम कथा खोज्दै गोरखाको माथिल्लो भेग पुग्यो । मनासलु पदमार्गमा पर्ने चुमभ्याली पुगे ।

त्यहाँ कथा खोज्दै गर्दा भेटिए, प्रकाश । एक दिन हेर्ने कथाका टीम चुम भ्यालीमा फुन्जोको कथा खिच्न गएको थियो । त्यो बेला उनीहरूले प्रकाशलाई भेटेका थिए ।

फुन्जोले बाल्यकाल बिताएको गोठमा जाँदा प्रकाश त्यहीँ थिए । फुन्जोको कथा सकिएपछि उनीहरूले प्रकाशलाई पछ्याउन सुरु गरे ।
उनले आफ्नो कथा हेर्ने कथाको टीमसँग बाँडे । आफ्नो विगतको धुँमिलिएको तस्वीरलाई पुनः स्मरण गरे । आफ्नो घर झापा र बुबा झाँक्री रहेको बताए ।

आमाको तीनजना पत्नी भएको बताए । आफ्नो घर छिमेकको बारेमा सम्झना आएसम्म चर्चा गरे । त्यो काममा हेर्ने कथाको टीमलाई झापाका पत्रकार पर्वत पोर्तेलले सहयोग गर्ने वाचा गरे ।

त्यसपछि उनीहरूले प्रकाश ३४ वर्ष अघि छुटेको त्यो स्थानको खोजी गरे । जहाँबाट उनको जीवनले पहिलो पटक अनिश्चितताको बाटो लियो, त्यही ठाउँ पुग्यो, हेर्ने कथाको टिम प्रकाशलाई लिएर । प्रकाश झापा पुगे, त्यहाँ उनले आफ्नो गाउँ खोज्ने मौका पाए ।

हेर्ने कथाको विद्या र उनको टिमले अनुसन्धान गरेपछि थाहा पाए कि उनका बुबा भोजपुरमा छन् । आमा मरिसकेकी छिन् । आमा मरेको खबरले प्रकाश ज्यादै दुखी भए ।


बुबा गाउँमै रहेको खबर पनि पाए । त्यो समाचारले प्रकाशको मनमा मिश्रित भावना जाग्यो—दुखी र खुसी । प्रकाश बुबा र परिवार रहेको भनिएको भोजपुर पुगे।

जब उनीहरु एक गाउँ पुगे । एक जनालाई प्रकाशले आफ्नो बुबाको ठेगाना सोधे । त्यो सोधिएको व्यक्ति प्रकाशकै दाइ रहेछन् । ३४ वर्षअघि छुटेका आफ्नै दाइभाइले आपसमा चिनेनन् ।

प्रकाशले आफ्ना आमाबुबालाई देखे, तर चिनेनन्, जतिबेला ३४ वर्षअघिको त्यो बालक आफ्ना आमाबुबासँग भेट्न पाएको थियो ।

बुबा र कान्छीआमासँग अँगालो मार्नासाथ, ती बिछोडका वर्षहरूले जम्मा गरेका सबै वेदनाहरू बाहिर निस्किए । ती क्षणहरू आँसु, हाँसो र भावनाहरूले भरिएका थिए ।

त्यो बच्चा, जो ३४ वर्षअघि काठमाडौंबाट हराएको थियो, आज आफ्नो घर, आफ्नो परिवार, र आफ्नो पहिचानसँग पुनर्मिलन गर्न सक्षम भयो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending