Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

जनकपुरमा नगर प्रहरीको साँढेमाथि बर्बता

मरणासन्न बनाएर खोलामा फालियो

खबरडबली संवाददाता

 जनकपुरधाम । जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो ।

त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुलेको हो । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर फर्किएको थियो ।

मिथिला नगरपालिकाको पशु शाखाका चिकित्सक पुगेर उपचार गरेपछि दुईवटा साँढे होसमा आएका थिए । ती साँढेलाई अहिले स्थानीय हिमालय युवा क्लबका पदाधिकारीहरुले हेरविचार गरिरहेको स्थानीय विनोद महतोले बताए ।

शनिबार मध्यराति टिपरमा साँढे राखेर फाल्न गएको टिपरको फुटेज स्थानीय सीसीटीभी क्यामेरामा कैद छ । शनिबार मध्यराति तीनवटा साँढेलाई जनकपुरबाट उपमहानगरपालिकाका नगर प्रहरीले निर्दयी तरिकाले कुटपिट तथा नशालु सुईं लगाएर बेहोस बनाएर फालेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

त्यस क्रममा रोक्न खोज्ने एक स्थानीयलाई नगरप्रहरीले कुटपिट पनि गरेका छन् । प्रत्यक्षदर्शी जनकपुरधाम उपमहानगरपालिका ४ का ३५ वर्षीय चन्दन मण्डलका अनुसार शनिबार राति पौने १२ बजेतिर जनकपुरधामको मुरलीचोक नजिक टिपरमालैजाँदै गरेको अवस्थामा टिपरबाट एउटा साँढे छटपटाएर तल खसेको थियो ।

त्यसलाई जनकपुर उपमहानगरको डोजर प्रयोग गरी उठाइरहेको देखेपछि उनले त्यसो नगर्न भन्दै मोबाइलमा भिडियो खिच्न खोज्दा उनीमाथि नगरप्रहरीले कुटपिट गरेका थिए ।

‘म घरतिर जाँदै थिएँ । बाटोमा टिपरबाट साँढे खसेको देखे । छटपटाइरहेको साँढेलाई डोजरले उठाएर टिपरमा हाल्न खोज्दा मैले रोक्न खोजें । नरोकेपछि मैले भिडियो बनाउन खोज्दा नगरप्रहरी ममाथि जाइलागे’, उनले त्यसबेलाको घटना सुनाए ।

मण्डलका अनुसार घटनाका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली पनि पुगेको थियो । तर केही नगरी फर्केको उनले बताए । नगर प्रहरीहरुले मेयरको निर्देशन अनुसार काम गरेको जवाफ दिएको उनको दाबी छ ।

पीडित मण्डलले आफूमाथि कुटपिट गर्ने नगर प्रहरीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । अर्का प्रत्यक्षदर्शी मनोज चौधरीले साँढेलाई सुई लगाएर फाल्ने गरेको जिकिर गरे ।

‘नगरप्रहरीले निर्दयता साथ साँढेलाई कुटपिट गरी नशालु साई लगाएर टिपरमा राखेर बाहिर फाल्ने गरेको छ । धार्मिक नगरीमा यो तरिका ठीक होइन’, उनले भने ‘पशुमाथि यस्तो निर्दयतागर्नेहरुमाथि कारबाही हुनुपर्छ ।’

चारदिन अघि पनि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ जलाद खोलामा मरासन्न हुने गरी कुटपिट गरी अचेत अवस्थामा दुईवटा साँढे फेला परेको थियो । त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने आशंका छ ।

जनकपुरमका मेयर मनोज साहसँग फोन सम्पर्क हुन सकेन । उपमेयर किशोरी साहले साँढेलाई यसरी उपमहानगरका नगरप्रहरीले फाल्ने गरेको विषयमा अनभिज्ञता जनाए ।

‘मलाई यो विषयमा मेही जानकारी छैन । छाडा डाचौपाया नियन्त्रणको लागि गौशाला छ । त्यसमा छाँडाचौपायालाई लगेर राख्ने काम त भइरहेको । अचेत बनाएर फाल्ने विषय मेरो छैन’, उनले भने ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले साँढेलाई त्यसरी फाल्ने गरेको विषयमा आफूले जानकारी पाएको बताए । ‘साँढेको विषयमा मैले जानकारी पाएको छु । त्यसरी नगर्न उपमहानगरलाई जानकारी गराएँ । उजुरी पनि आएको रहेछ । यो विषयमा अनुसन्धान गर्दै छु’ एसपी तिवारीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

बंगलादेशमाथि भारतको शानदार जित, छैटौं पटक साफ महिला च्याम्पियन

काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...

दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको ना...

दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति

दैलेख । दैलेख जिल्लाभर तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ । वन न...

कास्की कारागारबाट भागेका कैदी ९ महिनापछि म्याग्दीमा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।...

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending