Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

माओवादी केन्द्रको बैठकले छायामा पर्याे समाजवादी मोर्चा

दस्ताबेजले पाएन पूर्णता

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकका कारण समाजवादी मोर्चाको बैठक प्रभावित भएको छ ।  मोर्चामा आबद्ध सबैभन्दा ठुलो दल समेत रहेको माओवादीको लगातार पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समितिको बैठक बसिरहेकाले मोर्चा छायामा परेको हो ।

केही नेताहरूले माओवादी केन्द्रको कारण मोर्चा छायामा परिरहेको आन्तरिक छलफलमा बताउन थालिसकेका छन् । चारदलीय मोर्चाको सचिवालय सदस्यमा माओवादीका महासचिव देव गुरुङ रहेका छन् । उनी पार्टीको हरेक बैठकमा सहभागी हुनुपर्ने भएकाले सचिवालयको बैठक समेत नियमित बस्न सकेको छैन ।  साउन १ गते बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय दिएको थियो । तर बिहीबारसम्म दस्ताबेजले पूर्णता पाउन सकेको छैन । 

दस्ताबेजलाई पूर्णता दिन सचिवालयका सदस्य सचिव खड्कबहादुर विश्वकर्माले भदौ २ गते बैठक बोलाएका थिए । उनी आफै  बिरामी भएपछि अन्तिम समयमा बैठक स्थगित भएको थियो । 

भदौ ३ गते बसेको बैठकमा सचिवालय सदस्यद्वय प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए । बुधबार बिहान बोलाइएको बैठकमा गुरुङ सहभागी हुन नसक्ने भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । ‘बैठक नियमित बस्न नसक्दा राजनीतिक दस्ताबेजले पूर्णता पाउन सकेको छैन । माओवादी केन्द्रको आन्तरिक बैठक लगातार बसिराखेकाले देवजीले पूर्ण समय दिन पाउनुभएको छैन । सायद केही दिनमा पूर्णता पाउला’, श्रेष्ठले भने ।

यता सदस्य सचिव विश्वकर्माले दस्ताबेजमाथि छलफल जारी नै रहेकाले पूर्णता पाउन नसकेको बताए । बिहीबार बिहान भने छोटो समय बसेको बैठकमा विश्वकर्मा र गुरुङले धारणा राखेका थिए । माओवादीको प्रदेशस्तरीय बैठक भएका कारण अर्को बैठक भदौ १२ गते बोलाइएको विश्वकर्माले जानकारी दिए ।

‘राजनीतिक दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, वर्तमान परिस्थिति र भावी योजना समेटिएको छ । बैठक नियमित बस्न नसक्दा दस्ताबेजले पूर्णता पाउन सकेको छैन । सायद अर्को बैठकमा पूर्णता पाउला’, विश्वकर्माले भने ।

माओवादीका महासचिव गुरुङले समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन आवश्यकता अनुसार बैठक बस्ने जिकिर गरेका छन् ।

सचिवालयले दस्ताबेजलाई पूर्णता दिन नसक्दा मोर्चाको बैठक समेत बस्न सकेको छैन । प्रदेशस्तरीय बैठक सम्पन्न भए लगत्तै माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएकाले मोर्चाको गतिविधि थप प्रभावित हुने देखिन्छ । 

त्यसपछि दसैँ, तिहार र छठ जस्ता ठुला  चाडपर्व रहेकाले मोर्चाको कार्यक्रम थप प्रभावित हुने नेताहरूको भनाइ छ । तर विश्वकर्माले आवश्यकता अनुसार मोर्चाले आफ्ना ठोस कार्यक्रम बनाउने र सोही बमोजिम समाजवादी क्रान्तिको आधार तय गर्न जनपरिचालन हुने उनले बताए । 

संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादी कार्यक्रम कार्यान्वयन गर्न गत असारको ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए ।  माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सत्ताको भर्‍याङ बनाएको आरोप लागेको छ । 

सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी अट्न सकेन । सत्ताकै कारण जसपा नेपाल विभाजित हुँदा मोर्चाबाट बाहिरिइसकेको छ । 

प्रचण्ड नेतृत्वको समेत सत्ता ढलेपछि सक्रिय रहेको मोर्चामा नेपाल समाजवादी पार्टीबाट चोइटिएको महिन्द्र राय समूह सहभागी भएको छ । अहिले मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending