Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

माओवादी केन्द्रको बैठकले छायामा पर्याे समाजवादी मोर्चा

दस्ताबेजले पाएन पूर्णता

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकका कारण समाजवादी मोर्चाको बैठक प्रभावित भएको छ ।  मोर्चामा आबद्ध सबैभन्दा ठुलो दल समेत रहेको माओवादीको लगातार पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समितिको बैठक बसिरहेकाले मोर्चा छायामा परेको हो ।

केही नेताहरूले माओवादी केन्द्रको कारण मोर्चा छायामा परिरहेको आन्तरिक छलफलमा बताउन थालिसकेका छन् । चारदलीय मोर्चाको सचिवालय सदस्यमा माओवादीका महासचिव देव गुरुङ रहेका छन् । उनी पार्टीको हरेक बैठकमा सहभागी हुनुपर्ने भएकाले सचिवालयको बैठक समेत नियमित बस्न सकेको छैन ।  साउन १ गते बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय दिएको थियो । तर बिहीबारसम्म दस्ताबेजले पूर्णता पाउन सकेको छैन । 

दस्ताबेजलाई पूर्णता दिन सचिवालयका सदस्य सचिव खड्कबहादुर विश्वकर्माले भदौ २ गते बैठक बोलाएका थिए । उनी आफै  बिरामी भएपछि अन्तिम समयमा बैठक स्थगित भएको थियो । 

भदौ ३ गते बसेको बैठकमा सचिवालय सदस्यद्वय प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए । बुधबार बिहान बोलाइएको बैठकमा गुरुङ सहभागी हुन नसक्ने भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । ‘बैठक नियमित बस्न नसक्दा राजनीतिक दस्ताबेजले पूर्णता पाउन सकेको छैन । माओवादी केन्द्रको आन्तरिक बैठक लगातार बसिराखेकाले देवजीले पूर्ण समय दिन पाउनुभएको छैन । सायद केही दिनमा पूर्णता पाउला’, श्रेष्ठले भने ।

यता सदस्य सचिव विश्वकर्माले दस्ताबेजमाथि छलफल जारी नै रहेकाले पूर्णता पाउन नसकेको बताए । बिहीबार बिहान भने छोटो समय बसेको बैठकमा विश्वकर्मा र गुरुङले धारणा राखेका थिए । माओवादीको प्रदेशस्तरीय बैठक भएका कारण अर्को बैठक भदौ १२ गते बोलाइएको विश्वकर्माले जानकारी दिए ।

‘राजनीतिक दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, वर्तमान परिस्थिति र भावी योजना समेटिएको छ । बैठक नियमित बस्न नसक्दा दस्ताबेजले पूर्णता पाउन सकेको छैन । सायद अर्को बैठकमा पूर्णता पाउला’, विश्वकर्माले भने ।

माओवादीका महासचिव गुरुङले समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन आवश्यकता अनुसार बैठक बस्ने जिकिर गरेका छन् ।

सचिवालयले दस्ताबेजलाई पूर्णता दिन नसक्दा मोर्चाको बैठक समेत बस्न सकेको छैन । प्रदेशस्तरीय बैठक सम्पन्न भए लगत्तै माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएकाले मोर्चाको गतिविधि थप प्रभावित हुने देखिन्छ । 

त्यसपछि दसैँ, तिहार र छठ जस्ता ठुला  चाडपर्व रहेकाले मोर्चाको कार्यक्रम थप प्रभावित हुने नेताहरूको भनाइ छ । तर विश्वकर्माले आवश्यकता अनुसार मोर्चाले आफ्ना ठोस कार्यक्रम बनाउने र सोही बमोजिम समाजवादी क्रान्तिको आधार तय गर्न जनपरिचालन हुने उनले बताए । 

संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादी कार्यक्रम कार्यान्वयन गर्न गत असारको ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए ।  माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सत्ताको भर्‍याङ बनाएको आरोप लागेको छ । 

सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी अट्न सकेन । सत्ताकै कारण जसपा नेपाल विभाजित हुँदा मोर्चाबाट बाहिरिइसकेको छ । 

प्रचण्ड नेतृत्वको समेत सत्ता ढलेपछि सक्रिय रहेको मोर्चामा नेपाल समाजवादी पार्टीबाट चोइटिएको महिन्द्र राय समूह सहभागी भएको छ । अहिले मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE