Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भर्ना भएकालाई टिकाउन धेरै प्रयासको खाँचोः राष्ट्रपति डा यादव

\"Rambaranकाठमाडौं । राष्ट्रपति डा रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना भएकालाई टिकाउन अझै धेरै प्रयासको खाँचो औँल्याएका छन् । छत्तिसौँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित नेपाल विद्याभूषण र नेपाल छात्रा विद्यापदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।   गुणस्तरीय र व्यावसायिक शिक्षाको कमीले मुलुकमै पनि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पुगेका अदक्ष कामदारले कम ज्यालामा जोखिम र कठिन काम गर्नु परिरहेको बताए । राष्ट्रपति डा यादवले भने– ‘समाज र राष्ट्रको रुपान्तरण एवम् विकास गर्न र विनाशकारी भूकम्पबाट शैक्षिक क्षेत्रमा भएको अपूरणीय क्षतिको पुनर्निर्माण र पुनःस्थापना गरी युग सुहाउँदो शैक्षिक विकासका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष र साझेदार समेतको सहकार्य हुन जरुरी छ ।’   सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकतालाई सम्बोधन गर्नसक्ने दक्ष एवम् उत्पादनशील जनशक्ति विकासका लागि सबै तहमा गुणस्तरीय शिक्षाको समतामूलक पहुँच सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरे । स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट लिइएका विभिन्न सङ्काय र तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र विज्ञता समृद्ध नेपाल निर्माणमा खर्च गर्न राष्ट्रपति डा यादवले सुझाव दिए । सो अवसरमा शिक्षामन्त्री चित्रलेखा यादवले देशका सबै बालबालिकालाई स्वरोजगारमूलक र गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई सुनिश्चित तुल्याउनुपर्ने आजको आवश्यकता रहेको बताइन ।   शिक्षा विकासको मेरुदण्ड भएकाले युग सुहाउँदो शिक्षा नीति निर्माण गरी त्यसको सफल कार्यान्वयनका लागि सरोकारवाला सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै उनले अनुसन्धानकर्ता र छात्रछात्राले प्राप्त गर्नुभएको ज्ञान, कलाकौशलले मुलुकको शिक्षा क्षेत्रको विकासमा योगदान दिने विश्वास पनि व्यक्त गरिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending