Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

बन्दीपुर “तिज सप्ताह उत्सव” मा लाखौँ पुरस्कारको ओइरो !

खबरडबली संवाददाता
काठमाडौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर “तिज सप्ताह उत्सव” आयोजना गरिने भएको छ । उत्सव कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”,  तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 
त्यसैगरी  हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरु जून बन्दीपुरमा अवस्थित छन् सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको दर्शन गराउने र सबै माझ यिनीहरूको महिमा एवं शक्ति बारे परिचित गराउने  कार्यक्रम समेत रहेको छ ।
उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा क्रियाशील सबै सङ्घ संस्थाहरूको सहकार्य र ुबन्दीपुर तिज सप्ताह उत्सवु आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताउनुभएको छ । चन्द्र निर्माण सेवा प्रा लि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रा लि काठमाण्डौ सह प्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाकोलागि  प्रायोजन गर्ने समेत घोषणा गरेका छन्।
उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँखड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ। तीज गीत प्रतियोगिताको लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई  गुन्जाउने छन् । 
तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र अन्यलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिनेछ । यस अवसरमा बन्दीपुर केबलकारले केबलकारको  सवारीमा सांस्कृतिक पर्यटकहरू को लागी विशेष छुट समेत घोषणा गरेको छ। 
 
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending