जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भीर रहेको समयमा युवाहरू आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । उनले प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गरिरहँदा समेत सीधै आएर आमरण अनशनमा बस्नु स्टन्ट जस्तो लागिरहेको आरोप लगाएका हुन् ।
‘गत साउन २७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाका साथीहरुले मलाई एक सूत्रीय माग राखेर ज्ञापन पत्र बुझाउनु भएको थियो,’ मुख्यमन्त्री सिंहले भने ‘उहाँहरुकै ज्ञापन पत्रमा एक साताभित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसंग पहल गर्न भन्नु भएको रहेछ।’
मुख्यमन्त्री सिंहले अगाडि भने, ‘उनीहरूको मागलाई गम्भीरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई बोधार्थ राखेर संघीय भौतिक पूर्वाधारलाई मागसहित पत्र पनि लेखिसकेका छौँ।’
यसका साथै मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकबाट हुलाकी राजमार्गअन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए। उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडि बढाइसकिएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...




प्रतिकृया लेख्नुहोस्: