काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिकी श्रीमती भारती सिलवालले शेरबहादुर देउवाले किताब फिर्ता नगरेको गुनासो गरेकी छन् । आज मंगलबार गिरिको दोस्रो स्मृति दिवसको अवसरमा ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा भारतीले आफूले पढी नसकेको किताब श्रीमान् प्रदीपले देउवालाई दिएको तर त्यो अहिलेसम्म फिर्ता नपाएको बताएकी हुन् ।
उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै हाँसे । ‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन । हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ,’ उनले भनिन्,’उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना । सायद, त्यसको नाम लास्ट फ्रिडम थियो।’
उनले किताब नदिनू भनेर आग्रह गरे पनि श्रीमान् प्रदीपले लैजान देऊ भनेको स्मरण गरिन्। उनले भनिन्, ‘किताब किन लैजान लागेको दिनुस् त मलाईं । म आध्यात्मिक पढ्दै छु भनेँ । पीजेले छाड्देउ लान देउ भन्नुभयो । मैले उहाँले फर्काउनहुन्न क्या भनेँ । फर्काउँछन्, लैजानदेउ भन्नुभयो ।’
भारतीले देउवा गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री भइसके पनि आफ्नो किताब नपर्काएकोमा फेरि गुनासो गरिन्। ‘उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो । छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ,’ उनले भनिन्, ‘उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु।’
आजको उक्त सम्वाद कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत लगायत नेताहरू सहभागी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १९:०९
काठमाडौं । बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...
चैत्र १८ गते, २०८२ - १९:०४
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...
चैत्र १८ गते, २०८२ - १८:५५
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...
चैत्र १८ गते, २०८२ - १८:४८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...
चैत्र १८ गते, २०८२ - १८:४४
कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ...
चैत्र १८ गते, २०८२ - १८:४१
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...


प्रतिकृया लेख्नुहोस्: