Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फलाम र फलामबाट बनेका उत्पादन सबैभन्दा धेरै निर्यात हुँदा घट्याे धागोको निर्यात

खबरडबली संवाददाता

काठमाडौं ।  गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालको कुल निर्यातको ११ दशमलव ४ प्रतिशत हिस्सा फलाम तथा फलामका उत्पादन रहेका छन् ।

नेपालले गएको वर्ष १७ अर्ब ४० करोड २६ लाख रुपैयाँका फलाम र फलामबाट बनेका वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको भन्दा झन्डै ६१ प्रतिशतले धेरै हो ।

फलाम उद्योगमा खपत हुने बिजुली र निर्यातमा सहुलियत दिने सरकारको नीतिले गएको वर्ष निर्यात बढेको हो । तर नेपालमा फलाम खानीबाट उत्पादन नहुने भएकाले सबैजसो फलाम आयात गरेर यहाँ तयारी वस्तु बनाएर निर्यात भएको हो । गएको आर्थिक वर्षमा नेपालले एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा धेरैको फलाम र स्टिलजन्य वस्तु आयात गरेको छ ।

यस्तै निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको धागोको निर्यात भने घटेको छ । गएको आर्थिक वर्षमा १२ अर्ब एक करोड ३० लाख रुपैयाँको धागो निर्यात भएको केन्द्रले जनाएको छ । कुल निर्यातमा धागोको हिस्सा झन्डै ८ प्रतिशत छ । यस्तै नेपालले १० अर्ब ५७ करोड रुपैयाँको कार्पेट, आठ अर्ब ९६ करोड रुपैयाँको तयारी पोशाक, आठ अर्ब ७१ करोड रुपैयाँको जुस लगायतका वस्तु निर्यात गरेको छ ।

केही वर्षअघिसम्म निर्यातको प्रमुख वस्तु बनेको नेपाली चियाको निकासी क्रमशः घट्दै गएको छ । गएको आर्थिक वर्षमा तीन अर्ब ६२ करोड ५० लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ८ प्रतिशतले थोरै हो ।

यस्तै नेपालले गएको वर्ष तीन अर्ब १८ करोड रुपैयाँको कुकुररबिरालोको दाना निर्यात गरेको छ । पहाडी र हिमाली क्षेत्रमा पालिने गाईको दूधबाट छुर्पीजस्तै दाना बनाएर विदेशमा कुकुररबिरालोको खानाको रूपमा निर्यात हुँदै आएको छ ।

गएको वर्ष नेपालको निर्यात ३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । फलाम तथा स्टिलका उत्पादन, तयारी पोशाक, जुस, प्लाईवूडको निर्यातमा वृद्धि भएको छ भने ऊनी गलैँचा, अलैँची, जुट तथा जुटका सामान, पामतेल, ऊनी फेल्ट जस्ता वस्तुहरूको निकासीमा ह्रास आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending