Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

फलाम र फलामबाट बनेका उत्पादन सबैभन्दा धेरै निर्यात हुँदा घट्याे धागोको निर्यात

खबरडबली संवाददाता

काठमाडौं ।  गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालको कुल निर्यातको ११ दशमलव ४ प्रतिशत हिस्सा फलाम तथा फलामका उत्पादन रहेका छन् ।

नेपालले गएको वर्ष १७ अर्ब ४० करोड २६ लाख रुपैयाँका फलाम र फलामबाट बनेका वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको भन्दा झन्डै ६१ प्रतिशतले धेरै हो ।

फलाम उद्योगमा खपत हुने बिजुली र निर्यातमा सहुलियत दिने सरकारको नीतिले गएको वर्ष निर्यात बढेको हो । तर नेपालमा फलाम खानीबाट उत्पादन नहुने भएकाले सबैजसो फलाम आयात गरेर यहाँ तयारी वस्तु बनाएर निर्यात भएको हो । गएको आर्थिक वर्षमा नेपालले एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा धेरैको फलाम र स्टिलजन्य वस्तु आयात गरेको छ ।

यस्तै निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको धागोको निर्यात भने घटेको छ । गएको आर्थिक वर्षमा १२ अर्ब एक करोड ३० लाख रुपैयाँको धागो निर्यात भएको केन्द्रले जनाएको छ । कुल निर्यातमा धागोको हिस्सा झन्डै ८ प्रतिशत छ । यस्तै नेपालले १० अर्ब ५७ करोड रुपैयाँको कार्पेट, आठ अर्ब ९६ करोड रुपैयाँको तयारी पोशाक, आठ अर्ब ७१ करोड रुपैयाँको जुस लगायतका वस्तु निर्यात गरेको छ ।

केही वर्षअघिसम्म निर्यातको प्रमुख वस्तु बनेको नेपाली चियाको निकासी क्रमशः घट्दै गएको छ । गएको आर्थिक वर्षमा तीन अर्ब ६२ करोड ५० लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ८ प्रतिशतले थोरै हो ।

यस्तै नेपालले गएको वर्ष तीन अर्ब १८ करोड रुपैयाँको कुकुररबिरालोको दाना निर्यात गरेको छ । पहाडी र हिमाली क्षेत्रमा पालिने गाईको दूधबाट छुर्पीजस्तै दाना बनाएर विदेशमा कुकुररबिरालोको खानाको रूपमा निर्यात हुँदै आएको छ ।

गएको वर्ष नेपालको निर्यात ३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । फलाम तथा स्टिलका उत्पादन, तयारी पोशाक, जुस, प्लाईवूडको निर्यातमा वृद्धि भएको छ भने ऊनी गलैँचा, अलैँची, जुट तथा जुटका सामान, पामतेल, ऊनी फेल्ट जस्ता वस्तुहरूको निकासीमा ह्रास आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending