काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ का दुई वटा फल्चाको पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण सकिएको हो ।
महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडाध्यक्ष आशामान संगतले आज फल्चाहरूको उद्घाटन गर्नुभयो । ‘ग्वलः दे फल्चा’ १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र झन्डै ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ ।
फल्चा पुनरुत्थानका लागि वडाले १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।
यस्तै २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औं शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १९:०९
काठमाडौं । बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...
चैत्र १८ गते, २०८२ - १९:०४
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...
चैत्र १८ गते, २०८२ - १८:५५
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...
चैत्र १८ गते, २०८२ - १८:४८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...
चैत्र १८ गते, २०८२ - १८:४४
कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ...
चैत्र १८ गते, २०८२ - १८:४१
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...


प्रतिकृया लेख्नुहोस्: