पाल्पा । पाल्पाका ३१ वर्षीय चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योती सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको हो ।
रामपुर–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योती दुवै महिला हुन् । लामो समय प्रेम सम्बन्ध रहेका उनीहरुको जोडीले २०७८ असोज २९ गते परम्परा अनुसार विवाह गरेका थिए । वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्र कानुनी रूपमै विवाह बन्धनमा बाँधिएका हुन् ।
चिना र ज्योतीले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर –९ का स्थानीय पञ्जीकाधिकारी एवम् वडासचिव मो।युनुस खानले जानकारी दिए। उनले भने, ‘‘पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको छ ।’’
विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतीलाई दुलही उल्लेख गरिएको छ । उनीहरु दुवै जना वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका छन् । घर आएको समयमा यस पटक उाीहरुले विवाह दर्ता गराएका हुन् । २०७१ सालमा वैदेशिक रोजगारबाट नेपाल आएकी ज्योती र वैदेशिक रोजगारीका लागि तयारी गरिरहेकी चिनाको भेट भएको थियो । त्यसपछि दुवै जनासँगै रोजगारका लागि निस्किएका थिए । युएई र कतारमा सँगसँगै काम गरेका दुवै जनाको सम्बन्ध बढ्दै गएको थियो । अन्ततः विवाह गर्ने निर्णयमा पुगे पनि सुरुवातमा आफन्तलाई मनाउन केही समय लागेको ज्योतीले बताईन्।
२०७८ सालमा पाल्पाको सिद्धबाबा मन्दिरमा गएर विवाह गरेको उनले बताईन् । विवाह गरेको तीन वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुशी लागेको दुबैजनादे बताए । ‘‘विवाह गरेर हामी एक भए पनि कानुनी रुपमा पहिचान पाएका थिएनौं । विवाह दर्ता प्रमाण पत्र पाउँदा खुशी लागेको छ ।,’’ ज्योतीले भनिन् ‘‘समलिङ्गी विवाह दर्ता पाल्पामा चिना र ज्योतीको पहिलो हो ।’’
२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १९:०९
काठमाडौं । बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...
चैत्र १८ गते, २०८२ - १९:०४
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...
चैत्र १८ गते, २०८२ - १८:५५
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...
चैत्र १८ गते, २०८२ - १८:४८
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...
चैत्र १८ गते, २०८२ - १८:४४
कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ...
चैत्र १८ गते, २०८२ - १८:४१
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...


प्रतिकृया लेख्नुहोस्: