पाल्पा । पाल्पाका ३१ वर्षीय चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योती सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको हो ।
रामपुर–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योती दुवै महिला हुन् । लामो समय प्रेम सम्बन्ध रहेका उनीहरुको जोडीले २०७८ असोज २९ गते परम्परा अनुसार विवाह गरेका थिए । वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्र कानुनी रूपमै विवाह बन्धनमा बाँधिएका हुन् ।
चिना र ज्योतीले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर –९ का स्थानीय पञ्जीकाधिकारी एवम् वडासचिव मो।युनुस खानले जानकारी दिए। उनले भने, ‘‘पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको छ ।’’
विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतीलाई दुलही उल्लेख गरिएको छ । उनीहरु दुवै जना वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका छन् । घर आएको समयमा यस पटक उाीहरुले विवाह दर्ता गराएका हुन् । २०७१ सालमा वैदेशिक रोजगारबाट नेपाल आएकी ज्योती र वैदेशिक रोजगारीका लागि तयारी गरिरहेकी चिनाको भेट भएको थियो । त्यसपछि दुवै जनासँगै रोजगारका लागि निस्किएका थिए । युएई र कतारमा सँगसँगै काम गरेका दुवै जनाको सम्बन्ध बढ्दै गएको थियो । अन्ततः विवाह गर्ने निर्णयमा पुगे पनि सुरुवातमा आफन्तलाई मनाउन केही समय लागेको ज्योतीले बताईन्।
२०७८ सालमा पाल्पाको सिद्धबाबा मन्दिरमा गएर विवाह गरेको उनले बताईन् । विवाह गरेको तीन वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुशी लागेको दुबैजनादे बताए । ‘‘विवाह गरेर हामी एक भए पनि कानुनी रुपमा पहिचान पाएका थिएनौं । विवाह दर्ता प्रमाण पत्र पाउँदा खुशी लागेको छ ।,’’ ज्योतीले भनिन् ‘‘समलिङ्गी विवाह दर्ता पाल्पामा चिना र ज्योतीको पहिलो हो ।’’
२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: