काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने डेंगीको संक्रमणमा सरकारी निकाय चुक्दा पछिल्लो साढे सात महिनामा २ जनाको मृत्यु भएको छ। थप ३ हजार ७ सयभन्दा बढीमा यो रोगको संक्रमण फैलिएको छ। वर्षातको मौसम अझै पनि जारी रहेकाले संक्रमण अझै फैलिने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
डेंगीको संक्रमण फैलिन नदिनका लागि तीनै तहका सरकारले कार्य योजनामार्फत् बजेट खर्चिए पनि रोग नियन्त्रणमा उपलब्धी देखिएको छैन । चालू अगस्त महिनाको पहिलो १८ दिनभित्रै १ हजार २४३ जना बिरामी थपिएका छन् ।
विभागका अनुसार जनवरी देखि अगस्त १८ सम्मको अवधिमा उपचारका क्रममा दुईजना बिरामीको ज्यान गएको र अन्य ३ हजार ७ सय ५५ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।
तुलनात्मकरूपमा चीसो मौसम हुने गण्डकी प्रदेशमा यसपटक सर्वाधिक संख्यामा डेंगीका संक्रमित पहिचान गरिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकी प्रदेशमा सर्वाधिक १ हजार ४४८ जनामा यो संक्रमणको पुष्टी भएको छ।
दोश्रो ठूलो संक्रमित संख्या बागमतीमा ९ सय २८, तेश्रो ठूलो संख्या कोशीमा ६ सय ३९ र चौथो ठूलो संख्या लुम्बिनीमा ३ सय २८ जना संक्रमित छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ९५, मधेश प्रदेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जना संक्रमित फेला परेका महाशाखाले दिएको तथ्यांकमा उल्लेख छ । गतवर्ष ५० हजार जनामा डेंगी संक्रमण पुष्टी भएकोमा उपचारका क्रममा २० जनाको मृत्यु भएको थियो ।
डेंगीको संक्रमितमा कडा खाले ज्वरो, टाउको दुख्ने, बान्ता आउने, शरीर एकदमै दुख्ने, छाला रातो हुने, रगतमा प्लेटलेट्सको मात्रा ह्वात्तै घट्ने लक्षणहरू देखापर्छन् ।
विशेषगरी दिउँसो उज्यालोमा कालो र सेतो छिरबिरे लामखुट्टेको टोकाइबाट डेंगी रोगको संक्रमण लामखुट्टेबाट मानिसमा सर्छ। रोगबाट संक्रमित हुन नदिन उज्यालो समयमा लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ। लामखुट्टेले जमेको सफा पानीमा अण्डा९लार्भा०लाई जन्म दिने भएकाले घरवरपर वर्षातको पानी स साना खाल्डोमा जम्न नदिन वा भाँडाकुँडाहरूमा बिक्रो खुल्ला राखेर पानी जम्न नदिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: