Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

लमजुङमा करिब ३८ हजार मेट्रिक टन आलु उत्पादन

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा गत आर्थिक वर्ष २०८०-०८१ मा करिब ३८ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लाको विभिन्न स्थानमा गरी दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा ३७ हजार आठ सय ५९ मेट्रिक टन आलु उत्पादन भएको हो ।

त्यसै गरी आर्थिक वर्ष २०७९-८० मा दुई हजार ६ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजय राज पौडेलले जानकारी दिए । 

सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०७९-८० मा प्रति हेक्टर ११ टन आलु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०-०८१ मा प्रति हेक्टर १६.५७ टन आलु उत्पादन भएको छ । 

गत वर्ष देखि जिल्लाका चार स्थानीय तहहरुमा खायन जातको आलु खेती विस्तार कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन भएसँगै जिविकोपार्जनका लागि निर्वाहमुखी खेती किसानी गर्दै आएका कृषकहरु व्यवासायिक आलु खेतीतर्फ आकर्षित भएका थिए । सामान्यतया घरायसी प्रायोजनका लागि आलु लगाउँदै आएका कृषकहरुले गत आर्थिक वर्षमा व्यवसायीक आलु खेती गरे संगै आलु उत्पादनमा वृद्धि भएको छ ।  

गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मार्फत जिल्लाको राइनास नगरपालिका वडा नं. ३, ४ र ६, मध्यनेपाल नगरपालिका ४ र १०, सुन्दरबजार नगरपालिका वडा नम्बर १० अन्तर्गत आठवटा कृषक समूहसँग सम्झौता भई काम भएको थियो । 

रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले प्रदेश सरकारलेनै गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन बढाउनेगरी कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराउने, सिँचाइ, सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending