काठमाडौँ । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि बयान लिने भएको छ ।
समितिका एक सदस्यले भने ‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ‚भदौ ७ गते उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी समितिले गरिरहेको छ’ उनले भने ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।
गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १४:३७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को बयान हाल अस्पतालमै लिन सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...
चैत्र १९ गते, २०८२ - १४:३२
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन ब...
चैत्र १९ गते, २०८२ - १४:२६
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन बिहीबारबाट सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद...
चैत्र १९ गते, २०८२ - १३:५२
सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...
चैत्र १९ गते, २०८२ - १३:३८
पत्रकार महासंघले भन्यो: अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास
चैत्र १९ गते, २०८२ - १३:२५
फ्लोरिडा। आधा शताब्दीभन्दा बढीपछि मानवता पुन: चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत ...
चैत्र १९ गते, २०८२ - १३:०५
खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...
चैत्र १९ गते, २०८२ - १२:४८
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...
चैत्र १९ गते, २०८२ - १२:३५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...
चैत्र १९ गते, २०८२ - १२:१८
सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...


प्रतिकृया लेख्नुहोस्: