Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

खबरडबली संवाददाता

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७र८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको रु ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ।

उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिए । 

दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उनले जानकारी दिए ।  

“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उनले भने, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन् ।”

उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा छ ।

“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भने, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।”

यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

“यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भने, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको बयान अस्पतालको बेडमै सुरु, म्याद थप्ने तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को बयान हाल अस्पतालमै लिन सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन ब...

संसद्को पहिलो अधिवेशन आजबाट सुरु

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन बिहीबारबाट सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद...

कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...

सरकारी विज्ञापन अब सरकारी मिडियामै प्रकाशन गर्न निर्देशन

पत्रकार महासंघले भन्यो: अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास

आर्टेमिस–२: चन्द्र यात्रामा मानवको पुनरागमन

फ्लोरिडा। आधा शताब्दीभन्दा बढीपछि मानवता पुन: चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत ...

पोष्टमार्टम रिपोर्ट : सिर्जना बुढामगरको मृत्यु जलनकै कारण

खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...

काठमाडौंमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending