Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन अदालतको आदेश (बयानसहित)

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । झाविरूद्ध सरकारी वकिल कार्यालयले मंगलबार ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। 

सोही मुद्दामा पहिलो सुनुवाई गर्दै न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए। 

गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको भनिएको थियो । तर झा फरार रहँदै आएका थिए । यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन ।

रामशरण केसीले आफूलाई यस प्रकरणका मुख्य व्यक्ति सानु भण्डारीले मन्त्रिपरिषदबाट निर्णय गराउनका लागि झाले रकम माग गरेको भन्ने बयान दिएका थिए । उनीसँग प्रहरीले पुनः कागज समेत गराएको थियो।

‘मैले २०७८/०८/८ गते राति ८ बजे मेरो नामको हिमालयन बैंकको खाताको दुई करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्,’ केसीले गरेको कागजमा उल्लेख छ , ‘उनी त्यतिबेला बानेश्वरमा बस्थे। भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८/०८–/१३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको छ, उक्त निर्णय गराउन झाले केही रकमहरू मागेका छन् उनलाई चेक काटेर दिनु सो चेक ग्यारेन्टीको लागि मात्रै हो। चेक नदिए काम हुँदैन भनेर मलाई सानु भण्डारीले भनेका थिए।’

 त्यसपछि उनले दुई करोडको चेक झालाई नै दिएको बताएका छन्। त्यसको भिडिओ समेत रहेको र त्यतिबेला उनले निलो रंगको ट्र्याकमा बाहुला र सुरूवालको साइडमा सेतो धर्का भएको कपडा र स्पोर्ट जुत्ता र सेतो रंगको टोपी लगाएको बयानमा भनेका छन्।

त्यसपछि मन्त्रिपरिषदको बैठकको निर्णय भएरनभएको भन्नेबारे बुझ्न पनि आफूले उनीसँग कुराकानी गरेको बताएका छन्। त्यसको अडिओ पनि प्रहरीलाई बुझाएका छन् । सो बैंक ग्यारेन्टी बापतको नगद रकम झाले अर्का प्रतिवादी हरिभक्त महर्जनबाट पनि लिएको केसीले बताएका छन्।

‘मबाट पाएको चेक कुनै पनि बैंकमा पेश गरेको मलाई जानकारी छैन। तर सो बखत ग्यारेन्टीको लागि भनी मेरो नामको चेक दिएकोमा सो चेक बराबरको रकम अर्का प्रतिवादी हरिभक्त महर्जनबाट यिनै झाले नगदै लिएको भन्ने जानकारी म र हरिभक्त महर्जन पक्राउ परी अदालतमा थुनछेकको लागि पेश भएका बखत खाजा ब्रेकको समयमा मलाई महर्जनले भनेका थिए,’ उनले कागजमा भनेका छन्।

बेचन झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बताएका छन्। उनले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन्।

त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताएका छन्। यद्यपि अरूले के बयान दिएको भन्नेबारे आफूलाई सरोकार नभएको पनि उनले बताए। उनले हरिभक्तबाट पनि रकम नलिएको र भिडिओमा देखिएको भनिएका व्यक्तिहरू पनि नचिन्ने बताएका छन्।

यस्तो छ उनले दिएको बयानः

मेरो शारीरीक अवस्थामा रूघाखोकी, ज्वरो आई टाउको दुखिरहेको छ। साथै आँखामा समस्या भएको छ, पढ्न लेख्न कठिनाइ भएको छ। मानसिक अवस्था ठिक छ। बयान कार्य गर्न सक्छु। कानुन व्यवसायी राख्न पाउने बारेमा थाहा छ, मैले कानून व्यवसायी राखिसकेको छु। 

मलाई प्रहरी हिरासतमा राख्दा आफन्तसँग भेटघाट गर्न पाइरहेको छु। प्रहरी हिरासतमा अन्य कुनै शारीरीक र मानसिक यातना दिइएको छैन। 

मिसिल संलग्न मिति २०८१/०३/१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसुङ कम्पनीको खरानी रङको मोबाइल, एप्पल कम्पनीको आकाशे रङको मोबाइल, रातो रङको २०२४ लेखिएको डायरीहरू मलाई देखाउँदा देखें र चिनें। उक्त मोबाइल समेत मेरो हो। सो मोबाइलहरू मैले आजभन्दा अंद्दनजी १ वर्षभित्र खरिद गरी चलाएको हुन सक्छ यकिन मिति थाहा भएन। 

मिसिल संलग्न मिति २०८१/०३/२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स( १, बेचन झा भारत सरकार लेखिएको आधार कार्ड थान १, र बेचन झा आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाई देखाउँदा देखि पाएँ, उक्त पर्स र कार्डहरू मेरो हो, हेरी चिनी सनाखत समेत गरिदिएँ। 

भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन। म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन।  टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले उनले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानून्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन। 

अडियोहरूमा भएको संवाद मेरो होइन। भिडिओमा देखिएको व्यक्तिहरू को-को हुन् मलाई थाहा भएन। म मेरो आवाज परीक्षण गर्न मन्जुर छु ।  श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिनँ, उनले के बयान दिएका छन्। मलाई सरोकार छैन। हरिभक्त महर्जनलाई म चिन्दिनँ, मैले उनीबाट कुनै पनि रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन, उनै जानून्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending