Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

खबरडबली संवाददाता

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ शुरु गर्न सकिएको थिएन ।

मन्त्रालयले अर्थसँग समन्वय गरे पछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले ५ वर्ष अघि पूर्वाधार विकास गरेर बसेका थिए । तर मन्त्रालयगत बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम यसपाली अघि बढेको हो ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौं ।’  

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।

यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending