Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पर्यटकको पर्खाइमा चन्डीभञ्ज्याङ सुरुङ

खबरडबली संवाददाता

पाल्पा  । तानसेन नगरपालिका –११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय बर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो । 

जंगबहादुर राणाको भाइ बद्रिनरसिंहले खानेपानी व्यवस्थित गर्न सुरुङको योजना बनाएको र बद्रिनरसिंहको मृत्यूपछि प्रताप शमसेरले खनेको इतिहासविद निर्मल श्रेष्ठले जानकारी दिए । 

खानेपानी पाइप व्यवस्थित बनाउँदै सुरुङलाई पर्यटकीय गन्तव्यको रुपमा लैजानुपर्ने इतिहासविद निर्मल श्रेष्ठको भनाइ छ । खानेपानीको समस्या समाधान गर्न बद्रिनरसिंहले पधेँरा कुवा बनाएका थिए । 

त्यसताका सिंहले १९११ देखि १९२९ सम्म बसेर पाटिपौवा बनाउने दरवार निर्माण ढुङगेधारा निर्माण गर्ने काम गरे । त्यसपछि प्रताप समशेर तैनाथवाला भएर आउने बित्तिकै खानेपानी व्यवस्थित गर्न लसुनेमा, वडा –१ को गोर्खेकोटमा जर्नल धारा निर्माण गरेका स्थानीयको भनाइ छ ।  

खानेपानी सुधारका लागि मिठो पानीको खोजीमा मूलको पानी खोजी गर्दा बाझामा मूल भेटियो । सहरदेखि टाढाबाट पानी ल्याउन समस्या भएपछि डाँडा छेडेर सुरुङ बनाइएको हो । नेपालमा सानो सुरुङ भए पनि पहिलो सुरुङ भएको स्थानीय बुद्धिजीवीको भनाइ छ । 

टिकट सिस्टम गरेर पर्यटकीयस्थल बनाउनु पर्ने स्थानीय शान्ता बोहोराको भनाइ छ । पुरानो संरचनामा बनेको सुरुङमा प्रयोग गरिएको ईटा, ढुङगाहरु बलियो भएका कारण बिग्रिएको छैन । आजभोलि सुरुङको अवलोकन गर्नेको भिड छ । 

अहिलेजस्तो डोजर प्रविधिको सुविधा नहुँदा पनि कसरी सूरुङ बन्यो होला भनेर हेर्न र फोटो खिच्न आउनेको सङख्या बढ्दो छ । सुरुङ बनाएर पानी ल्याउन सय बर्ष पहिले कसरी निर्माण भयो होला भनेर हेर्ने उत्सुकताले सुरुङको अवलोकन गर्न आएको तानसेन नगरपालीकाका रचना कार्कीले बताए ।

सुरुङको मर्मत सम्भार र संरक्षणका लागि वडाको पहलमा ५ लाख रुपियाँ बजेट छुट्टयाएर सुरुङको व्यवस्थित गरिएको तानसेन नगरपालिका –११ का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए । ऐतिहासिक चन्डिभञ्ज्याङ सुरुङ करिब २ सय पचास मिटर लामो छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending