Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पर्यटकको पर्खाइमा चन्डीभञ्ज्याङ सुरुङ

खबरडबली संवाददाता

पाल्पा  । तानसेन नगरपालिका –११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय बर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो । 

जंगबहादुर राणाको भाइ बद्रिनरसिंहले खानेपानी व्यवस्थित गर्न सुरुङको योजना बनाएको र बद्रिनरसिंहको मृत्यूपछि प्रताप शमसेरले खनेको इतिहासविद निर्मल श्रेष्ठले जानकारी दिए । 

खानेपानी पाइप व्यवस्थित बनाउँदै सुरुङलाई पर्यटकीय गन्तव्यको रुपमा लैजानुपर्ने इतिहासविद निर्मल श्रेष्ठको भनाइ छ । खानेपानीको समस्या समाधान गर्न बद्रिनरसिंहले पधेँरा कुवा बनाएका थिए । 

त्यसताका सिंहले १९११ देखि १९२९ सम्म बसेर पाटिपौवा बनाउने दरवार निर्माण ढुङगेधारा निर्माण गर्ने काम गरे । त्यसपछि प्रताप समशेर तैनाथवाला भएर आउने बित्तिकै खानेपानी व्यवस्थित गर्न लसुनेमा, वडा –१ को गोर्खेकोटमा जर्नल धारा निर्माण गरेका स्थानीयको भनाइ छ ।  

खानेपानी सुधारका लागि मिठो पानीको खोजीमा मूलको पानी खोजी गर्दा बाझामा मूल भेटियो । सहरदेखि टाढाबाट पानी ल्याउन समस्या भएपछि डाँडा छेडेर सुरुङ बनाइएको हो । नेपालमा सानो सुरुङ भए पनि पहिलो सुरुङ भएको स्थानीय बुद्धिजीवीको भनाइ छ । 

टिकट सिस्टम गरेर पर्यटकीयस्थल बनाउनु पर्ने स्थानीय शान्ता बोहोराको भनाइ छ । पुरानो संरचनामा बनेको सुरुङमा प्रयोग गरिएको ईटा, ढुङगाहरु बलियो भएका कारण बिग्रिएको छैन । आजभोलि सुरुङको अवलोकन गर्नेको भिड छ । 

अहिलेजस्तो डोजर प्रविधिको सुविधा नहुँदा पनि कसरी सूरुङ बन्यो होला भनेर हेर्न र फोटो खिच्न आउनेको सङख्या बढ्दो छ । सुरुङ बनाएर पानी ल्याउन सय बर्ष पहिले कसरी निर्माण भयो होला भनेर हेर्ने उत्सुकताले सुरुङको अवलोकन गर्न आएको तानसेन नगरपालीकाका रचना कार्कीले बताए ।

सुरुङको मर्मत सम्भार र संरक्षणका लागि वडाको पहलमा ५ लाख रुपियाँ बजेट छुट्टयाएर सुरुङको व्यवस्थित गरिएको तानसेन नगरपालिका –११ का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए । ऐतिहासिक चन्डिभञ्ज्याङ सुरुङ करिब २ सय पचास मिटर लामो छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending