Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सरकारले कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै रातो बाँदरलाई

खबरडबली संवाददाता

काठमाडौं ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागिएको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि बताए।

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। अहिले थप एक वर्ष म्याद थपिएको उनले बताए।

साथै मन्त्री ठकुरीले रातो बाँदरले किसानको खेतबारीमा बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए।

‘बँदेललाई कृषि हानिकारक भनिएको थियो, त्यसको म्याद थप्प गर्दै रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रुपमा राखिएको छ,’ उनले भने।

फरक प्रसंगमा मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए।

मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको बताए। सरकाले जलवायु परिवर्तनको विषयमा गम्भीर भएर काम गरिरहेको उनको दाबी छ।

‘पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक आरोप आइरहेका छन्। अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेका छौं। त्यही अनुसारको योजना अघि बढेको छ। मन्त्रालयले त्यो गुनासो आउन नदिने काम गर्दछ,’ उनले भने।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending