काठमाडौं । नेपालगन्ज रंगशालामा निर्माण गरीएको एथलेटिक्स सेन्थेटिक ट्रयाक उप्किएको घटनाप्रति पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री अथकले शनिबार सामाजिक संजाल मार्फत घटनाको तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन ।
आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा नेपालगञ्ज रंगशाला निर्माण हुनुपर्ने सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण निर्माण हुन नसकेको उल्लेख गर्दै पूर्व मन्त्री अथकले आफु युवा तथा खेलकुद मन्त्री भएको समयमा रंगशालाको एथलेटिक्स सेन्थेटिक ट्रयाककालागी बजेट बिनियोजन गरीएको बताएका छन ।
उनले सामाजिक संजालमा लेखेका छन, “आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा निर्माण गर्नुपर्ने र हुनुपर्ने नेपालगञ्ज रंगशाला सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण त्यहाँ बनाउनु पर्ने संरचना अनेत्र निर्माण गरी अलपत्र पारियो । संयोग र सुखद भनौं बदलिएको राजनितिक परिवेशसंगै मलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । आठौं राष्ट्रिय खेलकुदमा अलपत्र पारिएको नेपालगञ्ज रंगशालालाई न्याय गर्नुपर्छ भन्ने लक्ष्यका साथ ठुलो मेहनतले बजेट विनियोजन गरियो र धेरै कसरत पछि निर्माण कार्य अगाडी बढ्यो, यो सुदख पक्ष हो । पंचकन्या९साईकट्स निर्माण कम्पनीले निर्माणको जिम्मा लिई निर्माण पुरा गरीएको भनिए पनि निर्माणाधिन परियोजना हस्तान्तरण नहुँदै उप्किएको भन्ने समाचारले गम्भिर ध्यानाकर्षण भएको छ । तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न९गराउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछु।”
ललितपुरको पंचकन्या साईकट्स निर्माण कम्पनीले ९ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण गरेको ट्रयाक हस्तान्तरण गर्नु भन्दा पहिले नै उप्किएको हो । उक्त ट्रयाक निर्माणको काम सम्पन्न भइसके पनि हस्तान्तरण भएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...
बैशाख २ गते, २०८३ - ११:०४
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो । आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार...
बैशाख २ गते, २०८३ - ११:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४...
बैशाख २ गते, २०८३ - ११:०१
काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको हो । अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि ५६ दिनका लागि निक्षेप ...
बैशाख २ गते, २०८३ - ११:००
कास्की। विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ। तर पोखरा महानगरपा...
बैशाख २ गते, २०८३ - १०:४४
काठमाडौँ । आर्थिक सङ्कटका कारण धराशायी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। सरकारले र...
बैशाख १ गते, २०८३ - २१:५२
काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...


प्रतिकृया लेख्नुहोस्: