काठमाडौं । नेपालगन्ज रंगशालामा निर्माण गरीएको एथलेटिक्स सेन्थेटिक ट्रयाक उप्किएको घटनाप्रति पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री अथकले शनिबार सामाजिक संजाल मार्फत घटनाको तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन ।
आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा नेपालगञ्ज रंगशाला निर्माण हुनुपर्ने सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण निर्माण हुन नसकेको उल्लेख गर्दै पूर्व मन्त्री अथकले आफु युवा तथा खेलकुद मन्त्री भएको समयमा रंगशालाको एथलेटिक्स सेन्थेटिक ट्रयाककालागी बजेट बिनियोजन गरीएको बताएका छन ।
उनले सामाजिक संजालमा लेखेका छन, “आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा निर्माण गर्नुपर्ने र हुनुपर्ने नेपालगञ्ज रंगशाला सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण त्यहाँ बनाउनु पर्ने संरचना अनेत्र निर्माण गरी अलपत्र पारियो । संयोग र सुखद भनौं बदलिएको राजनितिक परिवेशसंगै मलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । आठौं राष्ट्रिय खेलकुदमा अलपत्र पारिएको नेपालगञ्ज रंगशालालाई न्याय गर्नुपर्छ भन्ने लक्ष्यका साथ ठुलो मेहनतले बजेट विनियोजन गरियो र धेरै कसरत पछि निर्माण कार्य अगाडी बढ्यो, यो सुदख पक्ष हो । पंचकन्या९साईकट्स निर्माण कम्पनीले निर्माणको जिम्मा लिई निर्माण पुरा गरीएको भनिए पनि निर्माणाधिन परियोजना हस्तान्तरण नहुँदै उप्किएको भन्ने समाचारले गम्भिर ध्यानाकर्षण भएको छ । तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न९गराउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछु।”
ललितपुरको पंचकन्या साईकट्स निर्माण कम्पनीले ९ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण गरेको ट्रयाक हस्तान्तरण गर्नु भन्दा पहिले नै उप्किएको हो । उक्त ट्रयाक निर्माणको काम सम्पन्न भइसके पनि हस्तान्तरण भएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: