Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

खबरडबली संवाददाता

कास्की। विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ।

तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ। नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई स्थानीय विद्यार्थीका सिर्जनात्मक हातबाट बनेका बासका सामग्री उपहार प्रदान गरिएको थियो। जानकी माध्यमिक विद्यालय पोखरा– १७ महतगौडामा कक्षा ५ देखि ८ मा अध्ययनरत विद्यार्थीले निर्माण गरेका सामग्री वितरण गरिएको हो।

विद्यार्थीले तयार पारेका बाँसका पेन होल्डर, ढकियालगायतका सामाग्री वडाध्यक्ष राधिका शाही योगीले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याललाई हस्तान्तरण गरे । उक्त सामग्री केवल उपहारमात्र नभई विद्यार्थीको सीप, मेहनत र सिर्जनशीलताको प्रतीक बनेको थियो ।

कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूले परम्परागत उपहारभन्दा फरक, स्थानीय स्रोत र श्रमको प्रयोगबाट बनेका सामग्रीले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । बजारमा सजिलै पाइने वस्तुभन्दा आफ्नै गाउँ समुदायका बालबालिकाले बनाएका सामग्रीले आत्मीयता र मौलिकताको अनुभूति गराएको उनीहरूको सामुहिक भनाई थियो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा विद्यार्थीका लागि सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अन्तर्गतको एक लाख ५० हजार रुपैयाले तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिए ।

विद्यालय विदाको समयको सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीलाई सीपमूलक शिक्षासंग जोड्नुका साथै उनीहरुमा आत्मनिर्भरता र सृजनशीलता विकास गर्न मद्दत पुगेको उनको भनाइ छ । बाँसका सामान बिक्रीबाट भएको रकम विद्यार्थी र विद्यालयको आयआर्जनसँग जोडिने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए ।

स्थानीय स्रोत, सीप र सिर्जनालाई प्राथमिकता दिने यस्तो अभ्यासले एकातिर आयातित वस्तुमा निर्भरता घटाउने सङ्केत दिएको छ भने अर्कातर्फ विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसरसमेत सिर्जना गरेको प्रशिक्षक कमल आचार्य बताउँछन् ।

तालिममा २५ जना विद्यार्थीको सहभागिता रहँदै आएको छ । यस घटनाले औपचारिक कार्यक्रममा प्रयोग हुने उपहारको परम्परामा नयाँ सोच र दिशाको सङ्केत गर्दै स्थानीय उत्पादन, स्थानीय सम्मान भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending