Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

देशको राजनीति पेचिलो अवस्थामा छः पर्यटनमन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।  आईतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए । उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए । उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताए ।

उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ । सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ । एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ । राजश्व चालु खर्च नधान्ने अवस्था छ । अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवद्र्धन गर्नुपर्छ । पुँजी निर्माण गर्नुपर्छ । त्यो पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था छ । यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ । राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरुलाई बदल्नुपर्छ । त्यसका लागि नविन सोच, दृष्टिकोण अनिवार्य छ ।’

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए । उनले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिवद्धता गरे । रचनात्मक र सिर्जनशिल बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending