काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् । देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी १२ मन्त्रीसँग ५ घण्टा लामो छलफल गरेका हुन् ।
उनले शनिवार साँझ मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित आफ्नै निवास बोलाएका थिए ।छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायत थिए । सभापति देउवाले मन्त्रीहरूलाई सरकार बनेयता गरिरहेको कामबारे सोधेका थिए । त्यससँगै अप्ठ्याराहरू के–के छन् भनेर ब्रिफिङ गर्न भनेका थिए ।
त्यसअनुरूप मन्त्रीहरूले आफूले गरिरहेको काम र त्यसमा आइपर्ने नीतिगत, कानूनी तथा विभिन्न समस्याबारे बताएका थिए । यसअघि पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले त्यसमा पनि पार्टी तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले भाषणभन्दा बढी काममा ‘फोकस्ड’ हुनुपर्ने बताएका थिए ।
महामन्त्री गगनले संसद्मै मन्त्रीहरूले फरक शैलीमा काम गर्नुपर्ने बताएका थिए भने अर्का महामन्त्री विश्वप्रकाशले पार्टी मुख्यालय सानेपामा मन्त्रीहरू भाषणमा नभइ काममा केन्द्रित हुनुपर्ने बताएका थिए । कांग्रेस शीर्ष नेताहरूले मन्त्रीहरूको कार्यशैलीमा फरक नआएको बताउँदै आएका छन् । यसपछि उनीहरूलाई थप काममा ध्यान दिन र आलोचित हुने काम नगर्न भनिएको हो ।
अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ । जहाँ मुख्य साझेदारका रूपमा कांग्रेस छ । कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्री सरकारमा सहभागी छन् ।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजू राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् ।
यस्तै अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकासमन्त्री, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री छन् ।
यसअघि देउवाले प्रधानमन्त्री ओलीसँग संवाद गरेका थिए । सरकार बनेको एक महिनामा उनीहरूबीच वान् अन वान् वार्ता शनिवार दिउँसो भएको थियो । यसपछि देउवाले पार्टीका तर्फबाट सरकारमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: