काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् । देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी १२ मन्त्रीसँग ५ घण्टा लामो छलफल गरेका हुन् ।
उनले शनिवार साँझ मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित आफ्नै निवास बोलाएका थिए ।छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायत थिए । सभापति देउवाले मन्त्रीहरूलाई सरकार बनेयता गरिरहेको कामबारे सोधेका थिए । त्यससँगै अप्ठ्याराहरू के–के छन् भनेर ब्रिफिङ गर्न भनेका थिए ।
त्यसअनुरूप मन्त्रीहरूले आफूले गरिरहेको काम र त्यसमा आइपर्ने नीतिगत, कानूनी तथा विभिन्न समस्याबारे बताएका थिए । यसअघि पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले त्यसमा पनि पार्टी तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले भाषणभन्दा बढी काममा ‘फोकस्ड’ हुनुपर्ने बताएका थिए ।
महामन्त्री गगनले संसद्मै मन्त्रीहरूले फरक शैलीमा काम गर्नुपर्ने बताएका थिए भने अर्का महामन्त्री विश्वप्रकाशले पार्टी मुख्यालय सानेपामा मन्त्रीहरू भाषणमा नभइ काममा केन्द्रित हुनुपर्ने बताएका थिए । कांग्रेस शीर्ष नेताहरूले मन्त्रीहरूको कार्यशैलीमा फरक नआएको बताउँदै आएका छन् । यसपछि उनीहरूलाई थप काममा ध्यान दिन र आलोचित हुने काम नगर्न भनिएको हो ।
अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ । जहाँ मुख्य साझेदारका रूपमा कांग्रेस छ । कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्री सरकारमा सहभागी छन् ।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजू राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् ।
यस्तै अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकासमन्त्री, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री छन् ।
यसअघि देउवाले प्रधानमन्त्री ओलीसँग संवाद गरेका थिए । सरकार बनेको एक महिनामा उनीहरूबीच वान् अन वान् वार्ता शनिवार दिउँसो भएको थियो । यसपछि देउवाले पार्टीका तर्फबाट सरकारमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...
बैशाख २ गते, २०८३ - ११:०४
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो । आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार...
बैशाख २ गते, २०८३ - ११:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४...
बैशाख २ गते, २०८३ - ११:०१
काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको हो । अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि ५६ दिनका लागि निक्षेप ...
बैशाख २ गते, २०८३ - ११:००
कास्की। विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ। तर पोखरा महानगरपा...
बैशाख २ गते, २०८३ - १०:४४
काठमाडौँ । आर्थिक सङ्कटका कारण धराशायी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। सरकारले र...
बैशाख १ गते, २०८३ - २१:५२
काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...


प्रतिकृया लेख्नुहोस्: