Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशालाको शिलान्यास

खबरडबली संवाददाता

रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको  शुक्रवार विधिवत रूपमा शिलान्यास गरिएको थियो ।

गौर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भईरहेको छ। अगामी २०८२ साल बैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परिक्षण, पोखरीको पानी परिक्षण, बिभिन्न प्रकारको विउ, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण हुने छ ।

त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको अपरेसन, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन।संघिय सरकारको कुल २ करोड,३० लाख ४० हजारको लागतमा निर्माण भईरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ।

भवनको भुई तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोश्रो तल्लामा गेष्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछी स्थानिय किसानहरुका साथै  जिल्लाभरीका किसानलाई सेवा सुविधाहरु उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।

गौर नगरपालिकामा मेयरको जिम्मेवारि पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्ब...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनस...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

बालाजुका २२ धाराबाट जल प्रवाह

काठमाडौँ। बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र...

हुम्लाका सात परीक्षा केन्द्रमा एसइई परीक्षा शान्तिपूर्ण

हुम्ला। बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending