रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको शुक्रवार विधिवत रूपमा शिलान्यास गरिएको थियो ।
गौर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भईरहेको छ। अगामी २०८२ साल बैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परिक्षण, पोखरीको पानी परिक्षण, बिभिन्न प्रकारको विउ, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण हुने छ ।
त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको अपरेसन, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन।संघिय सरकारको कुल २ करोड,३० लाख ४० हजारको लागतमा निर्माण भईरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ।
भवनको भुई तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोश्रो तल्लामा गेष्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछी स्थानिय किसानहरुका साथै जिल्लाभरीका किसानलाई सेवा सुविधाहरु उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।
गौर नगरपालिकामा मेयरको जिम्मेवारि पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...




प्रतिकृया लेख्नुहोस्: