Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

सत्ता न शक्ति : साना दलमा सधैँ पहिरो

खबरडबली संवाददाता

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी फेरि फुटेको छ। वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायत युवाहरूले यसैसाता क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट विद्रोह गरेका हुन्।

१२ वर्षसम्म साथ दिँदासमेत वैद्यको सोचमा परिवर्तन नभएपछि आफूहरूले विद्रोह गरेको गजुरेलले बताए। वैद्यबाट फुटेका गजुरेल सहितका युवा नेताले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। अर्को सातासम्म नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको उनले बताए।

वैद्यको पार्टी फुटेको यो पहिलोपटक भने होइन, न त अन्तिम नै। यसअघि गत साउन १ गते पनि वैद्य नेतृत्वको पार्टी फुटेको थियो। पार्टीका सह-संयोजक धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू एकता प्रक्रिया असफल भएको घोषणा गर्दै अलग्गिएका थिए।

१६ महिनाअघि २०७९ चैतमा किरण र बास्तोलाको पार्टीबीच एकता भएको थियो। यो अवधिमा पार्टी एकतालाई सुदृढ गर्न कैयौँ प्रयत्न भए पनि सफल हुन नसकेको बास्तोलाले बताए। उनले आफ्नो पुरानै पार्टी फेरि क्रियाशील गराएका छन्।

एक महिनाको बीचमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी दुईपटक विभाजन भएको हो। उसो त उनी नेतृत्वको पार्टी फुट्नु नौलो कुरा होइन। बास्तोलालगायत नेताहरू विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका थिए। विप्लव पनि वैद्यबाटै फुटेर गएका थिए।

वैद्य जनविद्रोहमा जान आनाकानी गरेको आरोप लगाउँदै विप्लव समूहले २०७१ मंसिर ८ गते पार्टी विभाजन गरेका थिए। वैद्यबाट विद्रोह गरेपछि विप्लवले दुई वर्ष अर्धभूमिगत गतिविधिसमेत गरे। तर, अन्तिममा सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएका हुन्।

माओवादी अध्यक्ष प्रचण्डसँग अन्तरसंघर्ष चर्किएपछि २०६९ असार ५ गते ३० प्रतिशत हिस्सासहित वैद्यले पार्टी विभाजन गरेका थिए। वैद्यको पार्टीबाटै फुटेर गएका रामबहादुर थापा बादल एमाले र देव गुरुङलगायत माओवादी केन्द्रमा छन्।
जनयुद्धका मुख्य योजनाकार, माक्र्सवादी सिद्धान्तकार र शास्त्रीय चिन्तकसमेत रहनुभएका वैद्यमा जडसूत्रवादी चिन्तन हाबी भएको आरोप लाग्ने गरेको छ। हुन त यो विभाजनको रोग वैद्यको पार्टीमा मात्रै छैन।

पार्टीबाट विप्लव समूह अलग भए पनि विभाजनको क्रम रोकिएन। वैद्यको कार्यनीतिप्रति असहमति जनाउँदै बादल, देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू २०७३ जेठ ६ गते पुनः नेकपा माओवादी केन्द्र फर्किएका थिए।

अहिले जनयुद्ध लडेका मूल नेतृत्वमध्ये वैद्यलाई सिपीले मात्र साथ दिएका छन्। टुटफुट र विभाजनबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी मात्र होइन, नेकपासमेत अछुतो छैन। वैद्यबाट अलग्गिएर एकीकृत क्रान्तिमा लागेका विप्लवले पनि बारम्बार विभाजनको सामना गर्नुपरेको छ।

२०७६ फागुनमा सरकारसमक्ष तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण खुला राजनीतिमा आएपछि विप्लवको पार्टी विभाजन भएको थियो। नेतृत्वले क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थी संसदीय भासमा जान खोजेको आरोप लगाउँदै बास्तोला लगायतले पार्टी फुटाएका थिए।

नेकपाबाट चोइटिएर झण्डै आधा दर्जन पार्टी गठन भइसकेको छ। निर्वाचन आयोगमा दर्ता भएका नेकपा (माओवादी समाजवादी), नेकपा (समाजवादी), नेकपा (परिवर्तन), नेकपा (बहुमत) लगायत स-साना दलहरू अस्तित्वमा छन्।

माओवादीबाटै अलग्गिएका डा. बाबुराम भट्टराईले पनि पटक-पटक विभाजनको सामना गर्नुपरेको छ। नयाँ वैकल्पिक शक्ति गठन गर्ने उद्घोष गर्दै २०७२ साल असोज ९ गते माओवादी केन्द्रबाट अलग भएका भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी गठन गरेका थिए। तर ०७४ को निर्वाचनमा देशभर चर्चा पाए पनि समर्थन पाउन सकेन।

अन्ततः उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा उनले पार्टी विलय गराए। त्यसपछि जनता समाजवादी हुँदै नेपाल समाजवादी गठन गरेका भट्टराईले विभाजनको पीडाबाट अहिलेसम्म छुटकारा पाउन सकेका छैनन्। युद्धकालदेखि भट्टराईलाई सहयोग गरेका गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे समेतले साथ छोडेका छन्।

अर्का अध्यक्ष महिन्द्रराय यादव समूहले ०८० चैत ३ गते पार्टी विभाजन गराएका छन्। भट्टराई अहिले महाधिवेशनको तयारीमा छन्। यादव समूह माओवादीसँग एकताको तयारीमा छ।

गुट, फुट र विभाजन नेपाली राजनीतिको नियमित आकस्मिकता हो। प्रायः दलहरूमा विभाजन भइरहन्छन्। केही समयअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि फुटेको थियो। जसपा फुटको एउटै कारण थियो सत्ता र शक्ति । तर, साना कम्युनिस्ट दल भने सरकार त परको कुरा संसद्मा पनि छैनन् । तर, विभिन्न बहानामा उनीहरू बारम्बार फुटिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending