सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले बिहीबार सहायता सामाग्री वितरण गरेका हुन् ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गतको क्रियाकलाप मध्ये अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुद्धारा पहिचान भए बमोजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
गत वर्ष पनि गाउँपालिकाले सामाग्री खरिद गरि ९ वटै वडाका अपांगता भएका व्यक्तिहरुलाई वितरण गरेको थियो । गत वर्ष पाउन नसकेका तथा छुटेका ४२ जनालाई यस वर्ष वितरण गरिने छ ।
अध्यक्ष राईले वडाभित्रका अपाङ्गता भएका नागरिकहरुलाई आवश्यकता र मागको आधारमा लठ्ठी, बैशाखी, थेरापी सम्बन्धी सामाग्री, श्रवण सहायता( hearing-aid ) लगायतको सामाग्री वितरण गर्नुभएको वडा नं ६ का वडाध्यक्ष महेन्द्रदीप राईले जानकारी दिए।
सहायता सामाग्री पाउनेमा लाल बहादुर बिक, प्रकाश राई, नवीन राई, तोक बहादुर राई ,चन्द्र बहादुर राई लगायत ९ जना रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: