Ntc summer Offer
Khabar Dabali १५ जेष्ठ २०८१ मंगलवार | 28th May, 2024 Tue
NIMB

माओवादी बन्दै छ कि भत्किँदै छ ?

\"manikar_article\"गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता जस्ता माओवादीले उठाएका राजनीतिक रुपान्तरण र सत्ताको परम्परागत ढाँचाको पुनःसंरचनासँग सम्बन्धित मुद्दाहरुलाई संविधानमा सुनिश्चित गरिएको छ । राजनीतिक उपलब्धिका हिसाबले यो पनि सानो परिवर्तन होइन । तर, जुन स्केलमा परिवर्तनका मुद्दाहरु संस्थागत हुनुपर्ने हो र समाजको तल्लो तहसम्म शक्तिको निक्षेपीकरणको प्रक्रिया संस्थागत हुनुपर्ने हो नया“ संविधानको मस्यौदाले त्यसलाई भने दुत्कार्ने काम गरेको छ ।
अहिले जे–जस्तो भए पनि मुलुकमा नयाँ संविधान जारी हुने परिस्थिति सृजना भइरहेको छ । संविधानका कतिपय विषयवस्तुहरुमा असहमति हुँदाहुँदै पनि अहिले एकीकृत माओवादी संविधान निर्माणको प्रक्रियामा निर्णायक रुपले लागेको देखिएको छ । आफूले उठाएका धेरै मुद्दाहरु साँघुरिँदै गर्दा एकीकृत माओवादी नेतृत्व जसरी भए पनि संविधान जारी गर्नैपर्ने मान्यता अनुसार अघि बढेको देखिएको छ । ठीक छ, लम्बि“दो राजनीतिक संक्रमणलाई टुंगोमा पुर्याउन संविधान आउनुको विकल्प पनि छैन । अनि अहिलेको राजनीतिक शक्ति सन्तुलनमा माओवादी रक्षात्मक अवस्थामा पुगेकोले उसका धेरै कुराहरु संविधानमा नअटाउने प्रस्टै छ । तथापि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता जस्ता माओवादीले उठाएका राजनीतिक रुपान्तरण र सत्ताको परम्परागत ढाँचाको पुनःसंरचनासँग सम्बन्धित मुद्दाहरुलाई संविधानमा सुनिश्चित गरिएको छ । राजनीतिक उपलब्धिका हिसाबले यो पनि सानो परिवर्तन होइन । तर, जुन स्केलमा परिवर्तनका मुद्दाहरु संस्थागत हुनुपर्ने हो र समाजको तल्लो तहसम्म शक्तिको निक्षेपीकरणको प्रक्रिया संस्थागत हुनुपर्ने हो नयाँ संविधानको मस्यौदाले त्यसलाई भने दुत्कार्ने काम गरेको छ । पहिलो संविधानसभाको अवसानका घडीबाट आजसम्म आइपुग्दा धेरै मुद्दाहरुको आयतन साँघुरिन पुग्दा ती अहिले दुर्बलझैं देखिएका छन् । यसले कतै नयाँ बन्ने संविधान पनि पुरानैको निरन्तरताको रुपमा आउने त होइन भन्ने आशंका उत्पन्न गरिदिएको छ । तथापि पहिलो संविधानसभाको विघटनको अपजस लिन बाध्य भएको माओवादी यसपटक भने जसरी भए पनि संविधान बनाउनैपर्ने ध्याउन्नमा छ । यसलाई सकारात्मक पहलकदमी मान्नुपर्छ । तर, अब नयाँ संविधान जारी भएसँगै एकीकृत माओवादी पार्टी र समग्र माओवादी आन्दोलनको भविष्य के हुनेछ ? अबको माओवादी आन्दोलन कुन रुपमा अघि बढ्ने छ ? यसबारेमा पनि आमरुपमा जिज्ञासा उत्पन्न भइरहेको छ । फेरि हिजो युद्ध लडेर आएको पार्टी आज आधा दर्जन माओवादीहरुमा विभक्त भएको र अहिलेको संविधान निर्माणको प्रक्रियामा एकीकृत माओवादी मात्र लागेको हुँदा अबको माओवादी आन्दोलनको एजेन्डा र त्यसले पक्डिने दिशाको बारेमा बहस हुनु आवश्यक देखिन्छ । त्यसो त माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै रुपान्तरण र पार्टीकै पुनःसंरचनाका कुराहरु नसुनिएको होइन । माओवादीको आन्तरिक पार्टी जीवनमा जहिल्यै पनि पुनःसंरचना र पार्टीको पुनःनिर्माणको प्रसंग सुनिन्छ । झन् दोस्रो संविधानसभाको चुनावी परिणामले माओवादीलाई तेस्रो दलमा सीमित तुल्याएसँगै माओवादीलाई निर्माण र विनिर्माणको बहसतिर उन्मुख गराएको पनि हो । तर, आज झन्डै दुई वर्ष बितिसक्दा पनि माओवादीको सांगठनिक सुदृढीकरण जहाँको त्यहीँ छ । यसबाट माओवादीले  पार्टीलाई आन्तरिक रुपमा क्रियाशील बनाउने दिशामा योजनाबद्ध ढंगले आमजनता र कार्यकर्तालाई जोड्नेगरी कुनै काम गरेको देखिएन । केवल बेलामौकामा केन्द्रीय स्तरका कार्यक्रम गर्नेबाहेक पार्टीको आन्तरिक जीवनलाई जीवन्त दिने कुनै कार्यक्रम ल्याइएको छैन । यसले गर्दा पार्टीको स्थानीय संयन्त्र जर्जर र निकम्मा नै भइसकेको छ । २०६३ सालको राजनीतिक परिवर्तनसँगै भूमिगत राजनीतिबाट खुला राजनीतिमा एउटा बलियो र विश्वासिलो वैकल्पिक शक्तिको रुपमा उदाएको नेकपा माओवादी ०६४ सालको निर्वाचनमा पहिलो र ठूलो दल बनेको थियो । त्यसयता दुई पटक सरकारको नेतृत्वसमेत गर्न भ्याएको माओवादीको आन्तरिक पार्टी जीवन नराम्रो गरी बिथोलिन पुग्दा जनतासँग राजनीतिलाई जोड्ने कर्म गर्न माओवादी असफल भयो । पटक–पटकको एकीकरण अनि फुटसँगै ‘एकीकृत’ बनेको माओवादीभित्रको विवाद अझै पनि ताजै छ । एकीकृत माओवादीभित्रको विवाद र असन्तुष्टिले कतै माओवादीलाई पुनः फुटको दिशातर्फ उन्मुख त गराएको छैन ? भन्ने आशंकालाई बल पुगेको छ । झन् पछिल्लो पटक एकीकृत माओवादीका नेताहरुले गरिरहेका छुट्टाछुट्टै भेला र प्रशिक्षणले कसै गरे पनि पार्टी एकीकृत भएको संकेत गरेको छैन । [caption id=\"attachment_37341\" align=\"alignleft\" width=\"750\"]\"prachanda_baburam_narayankaji\" एमाओवादी अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठ[/caption] माओवादी जसरी युद्धमय परिवेशबाट शान्तिपूर्ण राजनीतिमा आएको थियो । उसले शान्तिपूर्ण राजनीतिलाई सही तरिकाले अगाडि बढाउन सकेन । मूलतः युद्धको कालखण्डमै प्रयोगमा आएका पार्टीगत संरचनालाई कुनै फेरबदल नगरी शान्तिकालमा पनि अवलम्बन गरियो । तर, खुला राजनीतिमा त्यो युद्धकालीन संरचना र संगठनले काम गरेन । साथै शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले ठूलो पार्टी बनाउने नाउँमा सबै किसिमका व्यक्ति र विचारहरुलाई पार्टीभित्र प्रवेश गरायो । तर, त्यसको उचित शुद्धीकरण र व्यवस्थापनमा भने ध्यान दिएन । फलस्वरुप माओवादी ठूलो त भयो तर त्यो जगैदेखि बलियो हुन सकेन । एक हिसाबले भन्ने हो भने माओवादी माथिबाट हेर्दा विकरालझैं देखियो तर भुइँ तहमा असाध्यै कमजोर हुन पुग्यो । अलिक टर्रो भाषामा भन्नुपर्दा पार्टी मोटाएको नभएर सुन्निन पो पुगेछ । शान्तिपूर्ण राजनीतिमा आएसँगै माओवादीले गाउँलाई भुल्यो र उसको चौतारी सहर, बजार तथा सुविधासम्पन्न ठाउँहरु हुन पुगे । अर्कोतर्फ माओवादीप्रति जनताको आशा यति बढ्यो कि ती कतिपय शक्ति सन्तुलनको संक्रमणकालीन अवस्थामा अस्वाभाविक देखिए । यद्यपि माओवादीको आगमन यस्तो बेलामा भयो जुन बेला मूलधारका राजनीतिक दलहरुप्रति जनताको विश्वास र भरोसा गुमेको अवस्था थियो । त्यसैले स्वाभाविक रुपमा आशा र अपेक्षा बढी नै भए । अनि त्यसलाई नेतृत्वले झन् बढावा दियो । खासमा माओवादी जनयुद्धको उभारको पछाडि तिनै पुराना संसद्वादी दलहरुको अकर्मण्यता पनि एउटा प्रमुख कारण थियो । यसर्थ, ठूलाठूला सपना र परिवर्तनका एजेन्डाहरु स्थापित गर्दै राजनीतिको मूलधारमा उदाएको शक्तिप्रति आम जनताको अपेक्षा बढ्नु अस्वाभाविक पनि थिएन । तर, शान्तिपूर्ण राजनीतिको घुर्मैलो बाटोको यात्रा तय गर्ने क्रममा माओवादी निकै झुक्किन पुग्यो । युद्धकालमा एउटा मोर्चामा लडाइँ जित्दा महिनौंसम्म त्यसको असर रहिरहन्थ्यो । तर, शान्तिपूर्ण राजनीतिमा हरेक पलपलमा लडाइँ लड्नुपर्ने अवस्था थियो । यहीँनेर माओवादी चुक्न पुग्यो र शान्तिपूर्ण राजनीतिमा आएस“गै माओवादीको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको आयतन विस्तारै खुम्चिन गयो । अनि पार्टी जीवनको आन्तरिक विवाद पनि सिद्धान्त र नीतिमा आधारितभन्दा पनि व्यक्तिकेन्द्रित हु“दै गए । यसरी माओवादीले पार्टी जीवनको आन्तरिक बहसले पाउने भन्दा बढी गुमाउन पुग्यो । त्यही अवधिमा सँगै युद्ध लडेर आएका नेतृत्वहरु एकै ठाउँमा बसेर कुराकानी गर्दा र बसेर तस्बिर खिचाउँदासमेत पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक शुभेच्छुकहरु खुसी हुनुपर्ने अवस्था सृजना भयो । यसरी शान्तिपूर्ण राजनीतिमा आएसँगै विभिन्न समयमा गरिएको बिस्तारित बैठक, राष्ट्रिय सम्मेलन, हेटौंडा महाधिवेशनहुँदै ०७० को विराटनगरमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा माओवादी पार्टीले आन्तरिक जीवनलाई सर्भिसिङ गर्दै पुनःनिर्माणतर्फ अग्रसर हुनुपर्नेमा पार्टी बिस्तारै विनिर्माणतर्फ अग्रसर हुन पुग्यो । पार्टीभित्रको विवादकै कुरा गर्ने हो भने सबै पार्टीमा विवाद त हुन्छ नै । र, विवाद–विवादकै रुपमा समाधान भयो भने त्यसलाई पार्टी जीवनमा सकारात्मक रुपमै लिनुपर्छ । जब विवादले द्वन्द्वको रुप लिन्छ, तब भने धेरै सजग हुनुपर्छ । किनकि द्वन्द्वले विघटन र फुटतिर लैजान्छ, जुन कुनै पनि हालतमा स्वीकार्य र फलदायी हुन सक्तैन । एउटा विवादको शृंखलाले हिजो द्वन्द्व पैदा भयो र त्यसले माओवादीलाई विभिन्न समयमा फुटको परिणतिमा पु¥यायो । आखिर त्यसैको परिणामस्वरुप अहिले माओवादी संविधानसभामा तेस्रो स्थानमा खुम्चिनुपरेको छ र समग्र माओवादी आन्न्दोलनका एजेन्डाहरु अपहरित भएका छन् । यस्तै फुटको शृंखला जारी रहने हो भने भोलि माओवादी पार्टी र माओवादी आन्दोलनकै भविष्य के हुने हो ? यसको स्पष्ट उत्तर कसैसँग छैन । अहिले पनि माओवादीमा देखिएको विवादलाई फुटको तहसम्म लैजान पार्टीभित्र र बाहिरबाट धेरै लोभीपापीहरुले विभिन्न हथकण्डाहरु प्रयोग गरिरहेका छन् । अनि विवादको चरबाट छिरेर त्यसलाई ध्वंस पार्न केही व्यक्ति भित्र–बाहिर जताततै क्रियाशील छन् । माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायत उनको एउटा टिमबाट केन्द्रीय समितिमा नबसेर पार्टीको पुनःनिर्माण गर्ने उद्घोषण गर्दैगर्दा त्यसलाई फुटको तहसम्म पुर्याउने कसरत पनि भइरहेको छ । तर, नेतृत्व तहबाट बाहिर बसेर पुनःनिर्माणको कुरा गर्नु अन्ततः सरकारबाहिर बसेर सरकार चलाउ“छु भन्नु जस्तै हो । गएको चुनावमा दलीय नेतृत्व कर्मचारीलाई सुम्पि“दाको परिणाम माओवादीले बिर्सनु हुँदैन । माओवादीले साँच्चिकै विराटनगर सम्मेलनबाट एउटा नयाँ दिशा र दृष्टिकोणका साथ पार्टी संगठनलाई पुनःनिर्माणको दिशामा अघि बढाउने आम अपेक्षा थियो । तर, केन्द्रीय तहमा देखिएको विवाद र उक्त विवादको संस्थागत विकाससँगै युद्धको रुमानी शृंखला पार गर्दै धेरै आशा र अपेक्षाका साथ उदाएको एउटा शक्ति छिन्नभिन्न भएर नासिने त होइन भन्ने आशंकालाई जन्माइदिएकोे छ । खासमा माओवादीले शान्तिपूर्ण राजनीतिमा आएसँगै युद्धकालीन परिभाषा, संरचना र संयन्त्रहरुलाई पूर्णरुपले परिवर्तन गर्न सकेन वा चाहेन । उसले पार्टी जीवनमा लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई आत्मसात् गर्न ढिला गर्यो । तर, युद्धकालीन संस्कार र संरचना बोक्दै गर्दा माओवादीको कार्यशैली ‘व्यक्तिकेन्द्रित’ बढी हुन पुग्यो, जसले गर्दा मन मिलेसम्म व्यक्तिको ‘देवत्वकरण’ गर्ने र मन नमिलेपछि सोही व्यक्तिको ‘राक्षसीकरण’ गर्ने परिपाटीले माओवादीलाई गाँज्यो । आखिर माओवादी शान्तिपूर्ण राजनीतिमा आएको सत्य हो भने उसले सोही अनुसारको संगठन निर्माण, नेतृत्व चयन र नेता कार्यकर्ताको परिचालन किन गर्दैन ? माओवादीले खुला राजनीतिमा पनि पुरानै युद्धकालीन संस्कार र संयन्त्रहरुलाई निरन्तरता दियो । त्यसले न त माओवादीले खुला राजनीतिमा अपनाउनुपर्ने रणनीतिहरु अख्तियार गर्न सक्यो न त तत्काल आफ्नो शक्तिको पहिचान गरी विद्रोहको शंखघोष नै । त्यसैको परिणतिस्वरुप माओवादी केन्द्रमा भव्य देखिने तर भुइँमा असाध्यै निम्छरो साबित हुन पुग्यो । यो विगतको तीतो अनुभवलाई माओवादीले आत्मसात् गरेर साँच्चिकै पुनःनिर्माण यात्रालाई सफल बनाउने दिशामा माओवादी लाग्नुपर्छ । अनि केन्द्रीय नेतृत्व एक्लाएक्लै हिँडेर माओवादीको पुनःनिर्माण कसरी सम्भव हुन्छ ? यदि आन्दोलनले पुनः गति समात्न सकेन भने माओवादी आन्दोलनको गौरव गाथा केवल किताबको पानामै सीमित हुनेछ । पछि पश्चातापको रापमा जल्नुभन्दा पहिले नै निरोधक उपाय अवलम्बन गर्नु जाती हुन्छ कि ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies