Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

जहाँ देउता रिसाउने डरले बेच्दैनन् दूध

खबरडबली संवाददाता

मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन विस्तारै शुरु हुन थालेको छ। परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेशा व्यवसायतर्फ लागेका किसानलाई फेरि पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ।

यस गाउँपालिकामा ३ हजार ९१० घरपरिवार रहेका छन्। राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने ३ हजार ७९५ घरपरिवार रहेका छन्। 

गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या ४ हजार ४३६ र राँगा, भैँसीको सङ्ख्या ४ हजार २१० रहेको छ।

नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिकै हो। 

गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने नभएको नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावलले बताए।

“विगतका दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन,” उनले भने, “अहिले गाउँमा बजार बने पनि कसैले दूध दही हुन्छ बिक्री गर्न लैजाँदैनन्।” 

स्थानीय किसानहरु गाईभैँसीको दूधबाट घ्यू बनाएर बिक्रीका लागि टाढाटाढाको बजारमा पुग्ने गर्छन्। अहिले गाउँगाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीयवासी कटबहादुर विष्टले बताए। 

उनी भन्छन्, “विगतमा घ्यू जम्मा गरेर कैलाली, नेपालगञ्ज र सुर्खेतका बजारमा लिएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले लत्ताकपडा किनेर ल्याउने गरिन्थ्यो।”

गाईभैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताए। पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगञ्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उनी सम्झन्छन्। 

उनी भन्छन्, “अहिले त एउटा भैँसी पालेको छु। छोराछोरी रोजगारीका लागि बाहिर गएका छन्। घरमा नै दूध दही खान ठिक्क हुन्छ। घ्यू बनाउने चलन नै हरायो।”

पशुपालनतर्फ घट्दो आकर्षण

प्रायः यहाँका सबै घरमा चारवटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन्। गाउँपालिकामा भैँसी पाल्ने चलन अहिले लोप हुँदै गएको छ।

चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेशा व्यवसाय तथा विदेश जाने गरेका कारणले गाईभैँसी पाल्ने चलन कम हुँदै गएको हो। 

नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारी भन्छन्, “अहिले त मानिसहरुले आम्दानीका अन्य स्रोत खोज्न थाले। त्यसैबाट आफ्नो रोजीरोटी खोज्छन्।” 

दिन प्रतिदिन वनजङ्गल मासिँदै गएपछि भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा र युवाहरु रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उनको भनाइ छ।

नयाँ पुस्ताका युवाहरुको विदेश पलायन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले व्यावसायिक र बजारीकरण समस्याका कारणले पनि गाईभैँसी पाल्ने पेशा लोप हुँदै गएको छ। 

नरहरिनाथ गाउँपालिका–७ माल्कोटका केशे बोहरा भन्छन्, “पशु चौपायाहरुमा विभिन्न रोगको सङ्क्रमण हुँदासमेत किसानले सेवा पाउँदैनन्। पशु बीमाको व्यवस्था नहुँदा पनि किसान मर्कामा परेका छन्।” 

पशुपालनमा धेरै दुःख हुने भएका कारणले धेरैले आफूसँग भएका गाईभैँसी बेच्ने गरेको उनको भनाइ छ।

किसानलाई गोठालो भत्ता दिन शुरु 

किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन शुरु गरेको छ। 

आव ०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो।

पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए। 

गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक १ हजार प्राप्त गर्छन्। उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष ०८०/८१ मा १० लाख रुपैयाँ गाईभैँसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो। 

गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ। सो मापदण्ड पूरा गरेका १३९ जना किसानलाई प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

उपाध्यक्ष शाहले भने, “गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेशामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ। गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ। यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ।” 

दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने 

किसानलाई आफूले उत्पादन गरिएको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ। 

गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्न गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले जानकारी दिए। 

“दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,” उनले भने, “यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दै छौँ।” 

पहिलो चरणमा दूध बिक्रीका लागि जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताए।

नरहरिनाथ गाउँपालिका दूध सङ्कलन केन्द्र नहुँदा पनि यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थ बिक्री गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ। 

दूध प्रशोधन र बजारीकरण गर्न निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा दूध तथा दुग्धजन्य वस्तु उत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले लक्ष्य राखेको उपाध्यक्ष शाहले बताए।

भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा

नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ। गाउँपालिका–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो। 

नरहरिनाथ गाउँपालिका जिल्लामै पशुपालनको प्रशस्त सम्भावना रहेको ठाउँ मानिन्छ। पशुपालनलाई गुणस्तरीय र उत्पादनमुखी बनाउन वडा नं ४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले बताए।

“ग्रामीण भेगका पशुपालक कृषकहरुको आयस्तर वृद्धि गर्न सीपमूलक पशुपालनसम्बन्धी तालिमको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ,” उनले भने। 

रैथाने पशुको नश्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ। साथै उन्नत जातको भाले पशुको वीर्य ल्याएर कृत्रिम गर्भाधानलाई प्राथमिकतामा राखिएको पालिकाले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending