Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

प्रचण्ड प्रधानमन्त्री हुँदा राज्यशक्तिको प्रयोग गरेर प्रतिशोध साँध्न खोजेपछि बिच्किएका थिए जनार्दन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी कमिटी बैठकमा पार्टी नेतृत्व हस्तान्तरणको बहसले प्रवेश पाएको छ । पार्टीको नाम, चुनावचिह्न फेर्नुपर्नेलगायतका विषय यसअघिका बैठकमा उठेको भए पनि यसपटक भने नेतृत्व हस्तान्तरणको विषयले पनि प्रवेश पाएको हो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबारको बैठकमा पार्टीको नाम, चुनावचिह्नका साथै पार्टी नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै पार्टीको नाम र चुनावचिह्न पनि परिवर्तन गर्न भनेका छन् ।

पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र कामअनुरूप तालमेल हुनेगरी पार्टीको नाम परिवर्तन गर्ने, साथै आमजनताले सहज रूपमा स्वीकार गर्नेगरी चुनावचिह्न फेर्ने’ प्रस्ताव बैठकमा राखेका हुन् ।

यसैगरी, अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै शर्माले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सुझाएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने ।’

शर्माले हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने प्रस्तावसमेत राखेका छन् । बैठकमा उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाइएको खुलासासमेत गरेका छन् ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, सो प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’ शर्माले बैठकमा भनेका छन्, ‘देशभर यसको असर देखापर्न थाल्यो, फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमकार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

उनले आफूले नेतृत्वविरुद्ध केही प्रश्न गरेकै कारण यस्तो अफवाह फैलाइएको दाबी गरेका छन् । शर्माले भने, ‘मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू छन्, ती प्रश्नको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ, स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ ।’

यस्तै, शर्माले पार्टी नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिमाथि नै प्रश्न उठ्न थालेको टिप्पणीसमेत गरेका छन् । उनले माओवादी र नेतृत्वप्रति विश्वास गरेर ‘जनयुद्ध’, जनआन्दोलनमा लागेका वर्गको दैनिक जीवनका समस्या समाधान गर्न नसक्दा समस्या आएको उल्लेख गरेका छन् । उनले अहिले माओवादी योजनाविहीन र संगठनविहीन अवस्थामा रहेको पनि बताएका छन् ।

माओवादीसँग आजको दिनमा संविधानबाहेक देखाउने केही अर्को उपलब्धि नै नरहेको शर्माको भनाइ छ । उनले माओवादीका एजेन्डाहरू दिनानुदिन खोसिँदै गएको र माओवादीलाई माया गर्ने वर्ग, जाति र समुदाय माओवादीकै निर्णय र व्यवहारले टाढिएको निष्कर्ष निकालेका छन् ।

‘माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ,’ शर्माले भनेका छन्, ‘केही सीमित उपलब्धिबाहेक न कुनै देखाउनलायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ, हाम्रा एजेन्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रो व्यवहार र निर्णयले टाढिएका छन् ।’

यसैगरी, शर्माले प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको समेत  बताएका छन् । प्रचण्ड प्रधानमन्त्री भएका बेला र उनीसँग मतभेद भएकै कारण आफूविरुद्ध राज्यशक्तिको प्रयोग गर्न खोजिएको आरोप उनले लगाएका छन् । शर्माले राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्न खोजेको पनि बैठकमा कुरा उठाएका छन् ।

‘त्यतिबेला प्रचण्डले अख्तियारका अधिकारीलाई शर्माविरुद्ध अख्तियारमा केही उजुरी छन् कि छैनन् भनेर चासो राखेका थिए, त्यसको अर्थ कुनै न कुनै उजुरीमा शर्मालाई अख्तियारले प्रश्न उठाइदेओस् भन्ने प्रचण्डको चाहना थियो,’ उनले भने । शर्माले त्यो सूचना प्राप्त गरेको पनि बताए । सो सूचनापछि प्रचण्डमाथि शर्माले राज्यशक्तिको प्रयोग गरेर प्रतिशोध साँध्न लागेको आरोप लगाउँदै आएका छन् ।

बैठकमा शर्माले पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन नभई फुटाउनका लागि गरिने मिहिनेत, नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको, सरकारको गठबन्धन बारम्बार फेरिरहरेको, प्रधानमन्त्री र गृहमन्त्री माओवादीकै हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको, प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग माओवादीसँग हुँदा साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण नगरेकोलगायतका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending