Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

राजधानीकै ठूला पसलमा तस्करीको सुन, जिम्मेवार निकाय माैन

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । 

विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।

पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।

अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छ । 
त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।

भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो । त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो । सुन तस्करीको अनुसन्धानका क्रममा आरोपित जीवन चलाउनेसहितलाई पक्राउ नगरेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि गत चैत पहिलो साता सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धान अधिकृतहरू प्रहरी प्रधान कार्यालय सारिएको थियो भने श्यामलाल ज्ञवाली सीआईबी प्रमुख बनाइएका थिए ।

आयोगको सिफारिसअनुसार थप अनुसन्धान गर्ने क्रममा पनि पहिले छुटाइएका भनिएका व्यक्तिहरू पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, अध्यागमनका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, पूर्वउपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवन गुरुङमाथि सोधपुछसमेत भएन । अझ फरार रहेका जीवन चलाउनेले त आफूसँग ज्ञवालीले पहिले नै पैसा मागेको भन्दै सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता पनि दिए ।

२०७९ देखि २०८० असारसम्म भएको दोस्रो चरणको अनुसन्धानअनुसार गत असार १७ मा अदालतमा मुद्दा दायर गरिएको छ । दोस्रो चरणको अनुसन्धानमै पक्राउ परेका भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडका साथै राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलकर, धीरज दिनेश भोइटेलगायतले चिनियाँ गिरोहले भन्सार छलेर ल्याउने सुन नेपाली सुन पसलले किन्ने गरेको बयान दिएका हुन् । हाल थुनामा रहेका खत्रीले दिएको बयानअनुसार उनले काम गर्ने सिलसिलामा चिनजान भएका नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले पनि अवैध सुन खरिद गर्थे । ‘मैले डेढ वर्षअघि सर्राफलाई एक किलो सुन दिएको हुँ,’ खत्रीले बयानमा भनेका छन् । खत्री आशापुरी ज्वेलरी र सर्राफ हरेराम कृष्ण ज्वेलरीका सञ्चालक हुन् ।

यस्तै, गायकवाडले काठमाडौंमा सुन व्यवसाय गर्ने पिन्टु भन्ने अभिजित तानाजीमार्फत आफू कारोबारमा संलग्न भएको बयान दिएका थिए । तानाजी भारतको महाराष्ट्रका नागरिक हुन् । उनी गायकवाडका भिनाजु पर्छन् । उनले न्युरोडका व्यापारीसँग मिलेर अवैध सुन कारोबार गर्ने गरेको खुलेको छ ।

जागेश्वरी ज्वेलर्सका नामबाट तानाजीले सुन ‘रिफाइनरी’ पसल सञ्चालन गर्दै आएका थिए । ‘भिनाजुले भनेबमोजिमका मानिसबाट बिनाबिलको सुन लिने, भनेबमोजिमका मानिसलाई सुन दिने र उसलाई रकम दिनेसमेत काम गर्थें,’ गायकवाडले बयानमा भनेका छन्, ‘म नेपालमा आएदेखि नै भिनाजुले बिनाबिलको सुन खरिदरबिक्री गर्नुहुन्थ्यो । भिनाजुले १ वर्षअघिबाट पैसाको झोला दिई न्युरोड एरियामा जाऊ, यस्तो हुलियाको मानिस आउँछ, निजलाई पैसा दिई आऊ भनी पठाउने गर्नुहुन्थ्यो । मैले उहाँले भनेबमोजिमका मानिसलाई पैसा दिने गर्थें ।’

६१ किलो सुनको अनुसन्धान अघि बढेपछि तानाजी पसल बन्द गरेर भागेका थिए । गायकवाडको बयानअनुसार छापावाला सुनभन्दा पनि गालेररपगालेर बिस्कुट आकार दिइएको अवैध सुनको कारोबार तानाजीले गर्थे । यो भनेको तस्करीको सुन हो । गायकवाडले दिन बिराएर कहिले १ किलो, कहिले २ किलो सुन न्युरोड एरियाबाट लिने गरेको र यो अवधिमा ५० किलो सुन रिसिभ गरेको बयानमै उल्लेख गरेका छन् ।

भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीकै सेटिङमा तस्करीको सुन किनेर ‘रिफाइनरी’ पसलबाट नक्कली बिल बनाई बिक्री गर्नेमा लक्की ज्वेलर्स मुछिएको छ । महाकाली ज्वेलर्स पनि तस्करीको सुन खरिद गरी अभिजित तानाजीमार्फत ‘रिफाइनरी’ गर्ने कार्यमा जोडिएको पाइएको छ । पशुपति ज्वेलर्समा पनि अभिजित तानाजीको सेटिङमा कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...

दुई दिनदेखि बेपत्ता बालककाे खोजीकार्य जारी

सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...

नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...

नीति तथा कार्यक्रमको ‘हुनेछ’ र ‘गरिनेछ’ सुन्दासुन्दा म थाकेँः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending