Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राजधानीकै ठूला पसलमा तस्करीको सुन, जिम्मेवार निकाय माैन

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । 

विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।

पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।

अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छ । 
त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।

भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो । त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो । सुन तस्करीको अनुसन्धानका क्रममा आरोपित जीवन चलाउनेसहितलाई पक्राउ नगरेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि गत चैत पहिलो साता सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धान अधिकृतहरू प्रहरी प्रधान कार्यालय सारिएको थियो भने श्यामलाल ज्ञवाली सीआईबी प्रमुख बनाइएका थिए ।

आयोगको सिफारिसअनुसार थप अनुसन्धान गर्ने क्रममा पनि पहिले छुटाइएका भनिएका व्यक्तिहरू पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, अध्यागमनका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, पूर्वउपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवन गुरुङमाथि सोधपुछसमेत भएन । अझ फरार रहेका जीवन चलाउनेले त आफूसँग ज्ञवालीले पहिले नै पैसा मागेको भन्दै सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता पनि दिए ।

२०७९ देखि २०८० असारसम्म भएको दोस्रो चरणको अनुसन्धानअनुसार गत असार १७ मा अदालतमा मुद्दा दायर गरिएको छ । दोस्रो चरणको अनुसन्धानमै पक्राउ परेका भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडका साथै राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलकर, धीरज दिनेश भोइटेलगायतले चिनियाँ गिरोहले भन्सार छलेर ल्याउने सुन नेपाली सुन पसलले किन्ने गरेको बयान दिएका हुन् । हाल थुनामा रहेका खत्रीले दिएको बयानअनुसार उनले काम गर्ने सिलसिलामा चिनजान भएका नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले पनि अवैध सुन खरिद गर्थे । ‘मैले डेढ वर्षअघि सर्राफलाई एक किलो सुन दिएको हुँ,’ खत्रीले बयानमा भनेका छन् । खत्री आशापुरी ज्वेलरी र सर्राफ हरेराम कृष्ण ज्वेलरीका सञ्चालक हुन् ।

यस्तै, गायकवाडले काठमाडौंमा सुन व्यवसाय गर्ने पिन्टु भन्ने अभिजित तानाजीमार्फत आफू कारोबारमा संलग्न भएको बयान दिएका थिए । तानाजी भारतको महाराष्ट्रका नागरिक हुन् । उनी गायकवाडका भिनाजु पर्छन् । उनले न्युरोडका व्यापारीसँग मिलेर अवैध सुन कारोबार गर्ने गरेको खुलेको छ ।

जागेश्वरी ज्वेलर्सका नामबाट तानाजीले सुन ‘रिफाइनरी’ पसल सञ्चालन गर्दै आएका थिए । ‘भिनाजुले भनेबमोजिमका मानिसबाट बिनाबिलको सुन लिने, भनेबमोजिमका मानिसलाई सुन दिने र उसलाई रकम दिनेसमेत काम गर्थें,’ गायकवाडले बयानमा भनेका छन्, ‘म नेपालमा आएदेखि नै भिनाजुले बिनाबिलको सुन खरिदरबिक्री गर्नुहुन्थ्यो । भिनाजुले १ वर्षअघिबाट पैसाको झोला दिई न्युरोड एरियामा जाऊ, यस्तो हुलियाको मानिस आउँछ, निजलाई पैसा दिई आऊ भनी पठाउने गर्नुहुन्थ्यो । मैले उहाँले भनेबमोजिमका मानिसलाई पैसा दिने गर्थें ।’

६१ किलो सुनको अनुसन्धान अघि बढेपछि तानाजी पसल बन्द गरेर भागेका थिए । गायकवाडको बयानअनुसार छापावाला सुनभन्दा पनि गालेररपगालेर बिस्कुट आकार दिइएको अवैध सुनको कारोबार तानाजीले गर्थे । यो भनेको तस्करीको सुन हो । गायकवाडले दिन बिराएर कहिले १ किलो, कहिले २ किलो सुन न्युरोड एरियाबाट लिने गरेको र यो अवधिमा ५० किलो सुन रिसिभ गरेको बयानमै उल्लेख गरेका छन् ।

भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीकै सेटिङमा तस्करीको सुन किनेर ‘रिफाइनरी’ पसलबाट नक्कली बिल बनाई बिक्री गर्नेमा लक्की ज्वेलर्स मुछिएको छ । महाकाली ज्वेलर्स पनि तस्करीको सुन खरिद गरी अभिजित तानाजीमार्फत ‘रिफाइनरी’ गर्ने कार्यमा जोडिएको पाइएको छ । पशुपति ज्वेलर्समा पनि अभिजित तानाजीको सेटिङमा कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending