काठमाडौं । विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेश छाडेर भारत भागेकी शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिक रूपमा राजीनामा नदिएको दाबी गरेका छन् ।
अमेरिकाको वासिङ्टनबाट वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा दिइनसकेको र संविधानअनुसार उनी अझै प्रधानमन्त्री रहेको दाबी गरेका हुन् ।
‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन। त्यसका लागि उहाँले समय नै पाउनुभएन’, वाजेदले भने, ‘उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो। तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्याली गर्न थाले। उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन।’
उनको जिकिर छ, ‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ।’ राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनी दिएका छन्।
यसैबीच उनले आगामी चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने बताए। ‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। त्यसो हुन नसके हामी विपक्षी दल बन्नेछौँ’, उनले भने।
अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त भन्ने प्रश्नमा वाजेदले भने, ‘यसै पनि मेरी आमा यही कार्यकालपछि विश्राम लिने तयारीमा हुनुहुन्थ्यो। यदि पार्टीले चाहेमा त सायद। यस विषयमा म पक्कै विचार गर्नेछु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: