काठमाडौं । विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेश छाडेर भारत भागेकी शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिक रूपमा राजीनामा नदिएको दाबी गरेका छन् ।
अमेरिकाको वासिङ्टनबाट वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्री पदबाट राजीनामा दिइनसकेको र संविधानअनुसार उनी अझै प्रधानमन्त्री रहेको दाबी गरेका हुन् ।
‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन। त्यसका लागि उहाँले समय नै पाउनुभएन’, वाजेदले भने, ‘उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो। तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्याली गर्न थाले। उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन।’
उनको जिकिर छ, ‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ।’ राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनी दिएका छन्।
यसैबीच उनले आगामी चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने बताए। ‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। त्यसो हुन नसके हामी विपक्षी दल बन्नेछौँ’, उनले भने।
अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त भन्ने प्रश्नमा वाजेदले भने, ‘यसै पनि मेरी आमा यही कार्यकालपछि विश्राम लिने तयारीमा हुनुहुन्थ्यो। यदि पार्टीले चाहेमा त सायद। यस विषयमा म पक्कै विचार गर्नेछु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: