कैलाली । कैलालीको अत्तरियामा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । मध्यरातमा किशोरीसामूहिक बलात्कारको सिकार भएकी हुन् ।
जबरजस्ती बलात्कार आरोपमा गोदावरी नगरपालिका वडा नम्बर १० का पदम थापा भने पक्राउ परेका छन् भने अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए । ‘घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेको र घटनामा जोडिएका चार जना फरार रहेको उनले बताए। उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको प्रहरीले जनाएको छ ।
साउन ९ गते राति १७ वर्षीया ती किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
थापाले फेसबुकमा फेक आइडी बनाएर ती किशोरीसँग कुरा गर्दै आइरहेको खुलेको छ । परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति उनलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका १० को मालाखेती जंगलमा पुगाएका थिए । थापाले सोही स्थानमा आफ्ना चार जना साथीहरुलाई समेत बोलाएका थिए ।
थापासहित उनका अन्य साथीहरुले मालाखेती जंगलमा किशोरीलाई सामूहिक बलात्कार गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ । किशोरीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन् । जबरजस्ती करणीपछि थापाले किशोरीलाई फेसबुकबाट ब्लक गरेका थिए । पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले किशोरीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए । पक्राउ परेका पदमलाई मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: