Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

‘नमेटिने घाउ’को ट्रेलरमा प्रधानमन्त्री ओलीले पीडितहरूलाई न्याय दिने

खबरडबली संवाददाता

काठमाडौं  ।  अभिनेता रमित ढुङ्गानाको निर्माण तथा  निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र  सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छन् । 

कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन,जेनी खड्का, रामराजा थापाको उपस्थिति रहेको थियो । एसिड आक्रमणमा परेकी  मुस्कान खातुनले आफुले पाएको जस्तो दुख पिडा अरुलाई नपरोश भन्नको लागि यस चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउनु भयो ।अर्की पिडित जेनी खड्काले हामीलाई समाजले हेर्ने नजर नै फरक भएको हुदा यस्तो नगर्न अनुरोध गरिन। 

यता चलचित्रका निर्देशक रमित ढुङ्गानाले आफुले यो चलचित्र निर्माण गरेर अरु थप कोहि एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर  निर्माण गरेको बताउनु भयो । चलचित्र निर्माण गर्दा कति पैसा खर्च भयो भन्दा पनि आत्मासन्तुष्टी मिलेको ढुंगानाले जानकारी दिए । निर्माता अमित ढुंगानाले ‘नमेटिने घाउ’ निर्माण गर्नुको फरक उदेश्य रहेको तथा चलचित्रले समाजमा सन्देश प्रवाह गर्ने विश्वास गरे  । 

चलचित्रले नेपालमा एसिड बिक्री(वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ । चलचित्र  भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुदैछ ।चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् । 

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। 

चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। 

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा  नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending