काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बुधबारबाट सुरु भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ। बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि नेताहरुले आज पनि धारणा राख्नेछन्।
बैठकमा धारणा राख्ने क्रममा मोहन बस्नेत महामन्त्रीद्वयले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी(इस्टेटको सम्बन्धमा दुई महामन्त्रीले सार्वजनिक रूपमा बोल्दा सत्ता गठबन्धनलाई अफ्ठ्यारो पारेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरु बोलेको इखका रुपमा लिनसक्ने बताउँदै बस्नेतले गिरीबन्धु टी-इस्टेटको कुरा उठाइराखे गठबन्धनलाई अप्ठ्यारो पर्नसक्ने भय व्यक्त गरेका थिए ।
दुई महामन्त्रीको सोंच ओलीपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री देख्न नचाहेको बस्नेतले आरोप लगाए ।
बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - ०९:३३
बेनी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशक...
आषाढ़ २९ गते, २०८२ - ०९:२८
सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन न...
आषाढ़ २९ गते, २०८२ - ०८:५८
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। २८ वर्षीय कमला आउजीलाई असार २८ गते रात...
आषाढ़ २९ गते, २०८२ - ०८:३३
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमु...
आषाढ़ २९ गते, २०८२ - ०८:३०
काठमाडौं । चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई सहज बनाउन भन्दै श्रम मन्त्रालयले तयार गरिरहेको बिना धितो ऋणसम्बन्धी कार्यविधि एक...
आषाढ़ २९ गते, २०८२ - ०८:२३
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्...
आषाढ़ २९ गते, २०८२ - ०८:०७
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। ...
आषाढ़ २९ गते, २०८२ - ०८:००
संविधान संशोधनलाई निष्कर्षमा पुर्याउने विषय माइतीघरमा बोलेजस्तो होइन : महेश बर्तौला
आषाढ़ २९ गते, २०८२ - ०७:२९
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि स...
आषाढ़ २९ गते, २०८२ - ०७:२३
सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान...
प्रतिकृया लेख्नुहोस्: