Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा

खबरडबली संवाददाता

काठमाडौं। निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ।

थिम पोस्टरले युद्धको सङ्केत गरेको छ। थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ। दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ। यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ। साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ।

नरसिंहाको अर्थ – भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए।

दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो। दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ। आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन्। त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ।

यही फिल्मबाट महानायक राजेश हमाल कमब्याक गर्दै छन्। महानायक हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । यो फिल्मका लागि आइतबार हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका थिए।

महानायक हमाल सेतो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै भइसकेकाले यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ। हमाल लामो समय फिल्मबाट अलग हुँदा दर्शकले उनलाई ठूलो पर्दामा खोजिरहेका छन् । त्यसैले दर्शक र राजेश दुवैका लागि यो फिल्म विशेष हुनेछ।

लामो समयको अन्तरालपछि हमाल दिवाकरको फिल्मबाट दर्शकमाझ फर्किन लागेका हुन्। त्यसैले यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ।

दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending