काठमाडौं । अभिनेता सरोज खनाल भोलिबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।
‘नम्बरी सुन’मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् ।
‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोज भन्छन्, ‘विस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रुर पनि बनाउँछ । फिल्ममा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमा हेर्नुभयो होला कि म ३,४ ठाउँ नराम्ररी रोएको छु । क्रर मान्छे त्यसरी कहिल्यै पनि रुँदैन ।’
सरोजका अनुसार ‘रियल’मा आफू मुखिया जस्तो नदेखिए पनि ‘रिल’मा भने त्यस्तो क्यारेक्टर निभाउँदा उनलाई मज्जा लाग्दो रहेछ । ‘कलाकारको पहिचान भनेकै त्यही हो । अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको फिल्ममात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनी भन्छन् ।
सरोजको अनुभवमा उनीसँग कतिपय निर्देशक रिसाएका रहेछन् । ‘म काम गरेको हिसाबले न्याय दिने कोशिस गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरुको बुझाई छ’, सरोज भन्छन्, ‘हामी भलै क्यारेक्टर रोल गरिरहेका छौं, तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ । हामी नभई त्यो मान्छे फिल्मको मेन क्यारेक्टर हुनै सक्दैन । हामी लुज भयौं भने फिल्म पुरै लुज हुन्छ । फिल्ममा काम गरेको झण्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ । हैन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरुले जे भन्नुुन्छ त्यो पनि गर्दिन्छु ।’
सरोजलाई फिल्म ‘पञ्चायत’ बिग्रिएकोमा धेरै चित्त दुखेको रहेछ । ‘केही फिल्म व्यापक तरिकाले खिच्न पाएको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । यसमा पञ्चायत पनि पर्छ । यो फिल्म बिग्रिएकोमा सधैं चित्त दुख्छ । किनभने त्यस्तो क्यारेक्टर सितीमिती पाइँदैन । त्यस्तो फिल्म बन्दैनन् । फिल्म निर्देशक शिवम अधिकारीले अलिक गम्भीर रुपले बनाइदिनुभएको भए त्यो फिल्म एउटा ‘कोशेढुंगा फिल्म’ बन्थ्यो’, सरोज गुनासिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: