Ntc summer Offer
Khabar Dabali २६ असार २०८२ बिहीबार | 10th July, 2025 Thu
Investment bank

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

खबरडबली संवाददाता

बर्दिया। थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षरोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । 

थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताए। मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको एक दशमलव तीन हेक्टर खाली जग्गामा दुई हजार ७४ वटा बिरुवा रोपिएको छ । 

डिभिजन वन कार्यालयले एकवर्षे र बहुवर्षे गरी एक लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब एक लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण भएको बताइएको छ । 

प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताए । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ४:०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ । प्रवक्ता अग्नि स...

शेखर समुहको निष्कर्ष: कांग्रेस अनुशासन समितिको कारबाही अबैधानिक, पुर्वाग्रह र प्रतिशोधपुर्ण

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ...

मधेश प्रदेशमा सात वर्षयताकै उच्च खर्च प्रगति

ढल्केबर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरेको बताएको छन् । उनले म...

सुदूरपश्चिममा असारमामात्रै नौ अर्ब १० करोड खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्...

पाँचथरमा बाढीपहिरोको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

फिदिम। वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेक...

अफगानिस्तानको जनसङ्ख्या ताीन करोड ६० लाख पुग्ने अनुमान

अफगानिस्तान। अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगान...

बागलुङमा बाढीको क्षति एक अर्ब नाघ्यो

गलकोट। बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा मङ्गलबार राति आएको बाढीले करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ ह...

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका ज...

संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्‌बाट पारित

काठमाडौँ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले वि...

मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने निर्णय

काठमाडौं । विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनस् सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने मंगलबार साँझ बसेको परिषद्को बैठकले निर्णय गरेको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending