Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

‘मैले नेतृत्व छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन, चाँडै उत्तराधिकारीको टीम बनाउँछु’

०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा, माओेवादी आगामी निर्वाचनमा एक्लै लड्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्। पेरिसडाँडामा आयोजित हुम्ला(काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब माओवादीबाट फुटेकाहरु जुटाएर पार्टी निर्माणमा लाग्ने सुनाए। 

त्यसबारे उनको भनाइः

तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि रु म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिट्टै तपाईंहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरूले पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ । माओवादी छाडेर गएकाहरु छिट्टै पार्टी एकतामा आउदैछन्। 

यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरूले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरेको छौं। 

मैले एकचोटी विद्रोहको झण्डा उठाइसकें, प्रतिक्रान्तिविरुद्ध क्रान्तिको झण्डा हो । प्रतिनिधिसभाको मेरो वक्तव्य समाजवादी क्रान्तिको लागि मेरो विद्रोह हो भन्ने बुझे हुन्छ । हामीले जित्नुको विकल्प छैन । म जीवनको उत्तरार्द्धतिर भए पनि जोस २२(२५ वर्षको भन्दा कम छैन। 
२०८४ सम्म जनतामा गएर पार्टी बनाउने संकल्प गरेको छौं। 

कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने १ अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । पार्टी बनाउने संकल्प मैले लिएको छु । प्रधानमन्त्री अब पुग्यो अहिलेलाई । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।

अब हामी जनता र कार्यकर्ता खोज्न हिँड्दै गर्दा सरकार नै माओवादीलाई खोज्दै आउँछ कि भन्ने डर छ। जस्तो स्थिति भए पनि नआत्तिकन जनता र कार्यकर्तामा जान्छौं। हाम्रो बहिर्गमन जीतको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो । मैले संसद्‍मा गरेको सम्बोधन एउटा सम्बोधनमात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिको लागि गरिएको अर्को अपिल पनि हो ।

हामी पटकपटक अरुसँग मिलेर चुनाव लड्दा कताकता हाम्रो पहिचान, माओवादी भनेको त साँचै सिंह हो नि, एक पटक गर्जेपछि सबैको सात्तो जानुपर्ने हो। त्यसकारण मैले भनेको छु छलफल हुँदैछ हामी २०८४ मा सिंगल चुनाव लड्ने हो । आफ्नो खुट्टामा उभिएर १६५ वटै क्षेत्रमा चुनाव लड्ने हो । सबै प्रदेशमा चुनाव लड्ने त्यसो गर्दा अहिलेको भन्दा त्यसै पनि बढी सीट आउँछ । कहिले सूर्यलाई, कहिले रुखलाई भोट हाल्दा घटेर माओवादीको ३२ सीटमात्रै भएको हो।  

अब तपाईंहामीले पनि आँट गर्नुपर्‍यो, हामी पनि एक्लै लड्ने । चाहिएन बैशाखी । एक्लै लड्दा बढी सीट ल्याइन्छ । २०६४ मा पनि एक्लै लड्यौं, ल्यायौं, विभाजन भयो हार्‍यौं, अहिले एकता हुँदैछ, जित्छौं । आउँछन् सबै माओवादीमा, सबैसँग कुरा भइरहेको छ । सबैलाई चाहिएको छ एकता । सबैलाई प्रचण्डको विकल्प छैन भन्ने परेको छ ।

मैले छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन । छिटोभन्दा छिटो राम्रो उत्तराधिकारीको टीम बनाउनेतिर छु । म चाहिँ अलि अर्को भूमिकामा जान पाए खुसी हुनेमा छु । मैलै लिएर बस्न खोजेको छ भन्ने बुझ्नुभयो भने ममाथि अन्याय हुन्छ, तर अहिले बेला अलि भएको छैन । त्यो बेला ल्याउनुपर्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending