सल्यान । शारदा करिडोर आसपासमा रहेका खेतमा धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नगरपालिकाका विभिन्न वडाका श्रीनगर, जोगदेखोला, रेसमज्युला, स्यालपानी, शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाको सीमानामा पर्ने चैबाङ्गज्युला, छत्रेस्वरी गाउँपालिका ४ दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो ।
किराको प्रकोपका कारण अहिले ५ सय बढी किसान प्रभावित भएका छन् । गत वर्ष काँडेदार खपटे किराले धानबालीमा ठूलो क्षति पुर्याएकाले यो वर्ष बाली सखाप हुने हो कि भनेर किसानहरु चिन्तित छन् ।
किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाका किसानले सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालयका नि। प्रमुख यामबहादुर रानाले बताए । दुई पालिकाको धेरै स्थनामा किराको प्रकोप देखिएपनि अहिलेसम्म खासै क्षति भने नभएको उनले जानकारी गराए ।
उनका अनुसार खपटे किराको लार्भाले हरियो भाग खादा धानपातहरु सुक्दै जाने र बयस्क किराले धानको टुप्पा खाएर क्षति पुर्याउने गर्छ । अहिले कतै कतै मात्र धानको पातमा सेतो देखिएको छ । अन्य त्यस्तो समस्या देखिएको छैन । किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई बिषादी उपलब्ध गराएको छ । किराको प्रकोप महामारीकै रुपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ ।
खेतमा लगाएको धानबालीका गत वर्षजस्तै किराको प्रकोप देखिएपछि क्षति पुर्याउन नपाओस् भनेर किरा नियन्त्रणका लागि पालिकाबाट केही किसानलाई विषादी उपलब्ध गराउनुका साथै विभिन्न सल्लाह दिएको शारदा नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । काँडेदार खपटे किरा ह्वात्तै नबढेकाले बिषादी छरेमा नियन्त्रणमा आउने उनले जानकारी दिए ।
छत्रेस्वरी गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश भण्डारीले छत्रेस्वरीको लान्ती, दारिमज्युला र केही स्थानका झन्डै २० हेक्टर जग्गामा लगाएको धानमा किराको प्रकोप देखिएको बताए । काडेदार खपटे किराले हल्का क्षती पुर्याएको उनले बताए । उनका अनुसार किरा नियन्त्रणका लागि पालिकाले ४ सय किसानलाई बिषादी उपलब्ध गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...
चैत्र १७ गते, २०८२ - १९:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...
चैत्र १७ गते, २०८२ - १९:२१
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...
चैत्र १७ गते, २०८२ - १९:१९
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...
चैत्र १७ गते, २०८२ - १९:१७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...
चैत्र १७ गते, २०८२ - १९:१५
काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...


प्रतिकृया लेख्नुहोस्: