काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ । स्वयम्भुको सानो भर्याङ र ठूलो भर्याङ क्षेत्र पनि प्रभावित भएको छ ।
रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।
काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने गरेका छन् ।
सबैभन्दा धेरै वर्षा गोदावरीमा
हिजोदेखि नै कोशीदेखि लुम्बिनी प्रदेशसम्मका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा सोमबार अपराह्नदेखि झरी लागेको छ । उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको गोदावरीमा भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टामा गोदावरीमा ८०.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी ललितपुरको लेलेमा ५७.८ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको धाप ड्याम क्षेत्रमा ४९.८, कपनमा ३९.८, सुन्दरीजलमा ३५.८, बुढानीलकण्ठमा ३१.६ र नैकापमा ३०.८ मिलिमिटर वर्षा भएको छ ।
वर्षाका कारण काठमाडौंका बागमती नदीमा बाढी आएको छ । हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले खोला किनार क्षेत्रमा नजान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
सप्तरीको बलान नदी, चितवनको शक्तिखोर र पूर्वी नवलपरासीको समेरी क्षेत्रमा क्षेत्रमा पनि भारी वर्षा भएको छ । वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ र बेनी–जोमसोम सडक अवरुद्ध छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: